१४ औं पोखरा महोत्सव सम्पन्न, ९ करोड बढीको कारोवार

पाेखरा | माघ ११, २०८२

१४ औं पोखरा महोत्सव सम्पन्न, ९ करोड बढीको कारोवार

पोखरा:   १४ औं पोखरा महोत्सव सभ्य र भब्यताका साथ सम्पन्न भएको छ । गत पुष २९ देखि माघको ११ गते सम्म आयोजित महोत्सवको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले एक समारोहका बीच समापन गरे ।


समापन समारोहमा बोल्दै मेयर आचार्यले पोखरा महोत्सव एक पृथक महोत्सव रहेको बताए । 


पोखरा महोत्सव पोखराकै उत्कृष्ट महोत्सव रहेको बताउदै मेयर आचार्यले पोखरा महोत्सवलाई रातो किताबमै राखेर महानगरले अगाडी बढीरहेको बताए । 


त्यसैगरी महोत्सवकै आयोजना गरी पोखरा २७ मा युनाईटेड क्लबले निर्माण गरिरहेको युनाईटेड छात्राबास निर्माणका लागि महानगरको  तर्फबाट साथ र सहयोग गर्ने प्रतिवद्धता समेत ब्यक्त गरे । 
युनाईटेड क्लबले महोत्सवको आयोजना गरि गरिरहेको सामाजिक कामको समेत मेयर आचार्यले प्रशंसा गरे ।


त्यसैगरी रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले पोखरा महोत्सवको आयोजना गरि पोखरामा खुल्ला चिडियाखाना निर्माण, शिक्षा क्षेत्रमा निर्माणाधिन युनाईटेड छात्राबास संगै स्वास्थ्य क्षेत्रमा गरिरहेको कामको प्रशंसा गर्दै महोत्सवमा स्थानिय उत्पादनलाई समेत साथ दिएर आफ्नो पालिकाका कृषकहरुलाई समेत सहभागी गराएकोमा धन्यवाद ब्यक्त गरे ।


त्यसैगरी महोत्सवका मुख्य प्रायोजक मुख्य प्रायोजक रबि एण्ड शन्नी इण्डष्ट्रीज प्रालिको उत्पादन बेटरका निर्देशक श्री बिनोद रौनियारले बिगत ६ वर्षदेखि पोखरा महोत्सव संग सहकार्य गर्न पाउदा गर्व लागेको बताए । बेटरले आगामी दिनमा पनि युनाईटेड क्लबको सामाजिक काममा सहकार्य गरेर अगाडी बढ्ने समेत रौनियारले बताए ।


त्यस्तै पोखरा महानगरपालिका वडा नं १४ का अध्यक्ष बोध बहादुर कार्कीले युनाईटेड क्लबले गरेको सामाजिक कामलाई आफुले नजिकबाट नियालेको बताउदै युनाईटेड क्लबले निर्माण गरेको युनाईटेड छात्राबासको अपनत्व महानगरले लिनुपर्ने बताए ।


त्यस्तै पोखरा महानगरपालिका वडा नं १५ का अध्यक्ष तोरण बानियाँले महोत्सव एक उत्सव रहेको बताउदै महोत्सवले स्थानिय उत्पादनको प्रवद्र्धनमा टेवा पु¥याउने बताए । महोत्सवकै आयोजना गरि युनाईटेड क्लबले गर्ने विभिन्न सामाजिक काममा आफ्नो वडाको समेत संधै सहयोग रहने उनको भनाइ रहेको थियो ।


त्यस्तै समाज कल्याण परिषदका उपाध्यक्ष परमेश्वर कार्कीले पोखरा महोत्सवको आयोजना गरि युनाईटेड क्लबले आयोजना गरेको सामाजिक कामको प्रशंसा गरे ।


त्यस्तै पोखरा महोत्सवको सहयोगी संस्था अमरसिंह माविका प्रध्यानाध्यापक  बलराम पोख्रेलले पोखरा महोत्सवको आयोजना गरि युनाईटेड क्लबले अमरसिंह माविमा अध्ययनरत विद्यार्थीहरुको पठनपाठमा सहायता पु¥याउने गरी शैक्षिक सामाग्रीहरु वितरण गरिरहेको बताउदै आगामी दिनमा पनि युनाईटेड क्लबलाई साथ र सहयोग रहने बताए ।


सो अवसरमा वोल्दै महोत्सवका सल्लाहकार टीका बहादुर कार्कीले पोखरा महोत्सव एक उत्सव मात्र नभइ युनाईटेड क्लबको सामाजिक अभियान भएको र उक्त अभियानमा सरिक भइ सहयोग गर्ने  सम्पूर्णलाई धन्यवाद ब्यक्त गरे ।


त्यस्तै युनाईटेड क्लबका संस्थापक अध्यक्ष हिमालय बख्रेलले युनाईटेड क्लबले स्थापना कालदेखि पोखरा महोत्सवको आयोजना गरि पोखरामा खुल्ला चिडियाखाना निर्माणमा विशेष पहलकदमी गर्दै पोखराको लेखनाथमा खुल्ला चिडियाखाना निर्माणको काम अगाडी वढिरहेको बताउदै १४ औं पोखरा महोत्सव देखि पोखरा २७ अर्चलेमा निर्माणाधिन युनाईटेड छात्राबासको निर्माणमा काम गर्ने बताए । त्यसैगरी उक्त छात्राबास जाने बाटो निर्माणका लागि पोखरा २७ र २८ जोड्ने गरी सडक निर्माणका लागि पहल गरिदिन मेयर आचार्य संग आग्रह गरे ।


युनाईटेड क्लबका अध्यक्ष लोक बहादुर थापाले  १४ औं पोखरा महोत्सव भब्य र सभ्य ढंगले सम्पन्न गराउन दर्शकको मुख्य भुमिका रहेको बताए । 


युनाईटेड क्लबले पोखरा महोत्सवको आयोजना गरि सामाजिक काममै खर्च गरिने भएकाले महोत्सवमा उपस्थित सम्पूर्ण दर्शकहरुको समेत प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा युनाईटेडको सामाजिक काममा साथ रहेको उनको भनाइ रहेको थियो ।


युनाईटेड क्लबका महासचिव दिनेश सुनारले सञ्चालन गरेको कार्यक्रममा क्लबका वरिष्ठ उपाध्यक्ष गणेश तिमिल्सिनाले स्वागत मन्तब्य राखेका थिए ।


यसैविच महोत्सवमा आयोजित टीकटक प्रतियोगिताको उपाधि गोले लामाले हात पारेका छन । आशिष इन्सटीच्युटको प्रायोजनमा सम्पन्न टिकटक प्रतियोगिताको उपाधि संगै लामाले नगद २५ हजार प्राप्त गरेका छन । 


गोलेले प्राप्त गरेको उक्त रकम क्यान्सर रोगबाट प्रभावित कास्की भुर्जुङखोला निवासी दिलमाया नेपालीलाई प्रदान गरे । नेपाली विगत ५ वर्षदेखि क्यान्सर रोगबाट प्रभावित छन ।


यसैगरी महोत्सवको मुख्य प्रायोजक बेटर होम एपलायन्सको स्टलबाट १ हजार बरावरको सामान खरिद गर्ने उपभोक्ता मध्ये प्रथम भाग्यशाली उपभोक्ता पोखरा काजीपोखरीका ग्याल बहादुर गुरुङले १ टनको बेटर एसी, प्राप्त गरेका छन । गुरुङले बेटरको स्टलबाट एक लिटरको राइसकुकर किनेका थिए । 


त्यसैगरी दोस्रो भाग्यशाली उपभोक्ता पोखरा १६ लामाचौरका आयुष गुरुङले १५ लि.भिक्ट्री वाटर डिस्पेन्सर÷मोनाको गिजर प्राप्त गरेका छन । 


गुरुङले प्लस थ्री डिजिटल किनेका थिए । त्यसैगरी तेश्रो भाग्यशाली उपभोक्ता पोखराका शिशिर आचार्य घोषित भए उनले बेटर ब्रेथ नाइन्टी ग्लासहुड चिम्नी प्राप्त गरे । चौथो भाग्यशाली उपभोक्ता पोखरा काजीपोखरीका शुसन गुरुङ भए  । गुरुङले रेडियान्ट भ्याकुम क्लिनर प्राप्त गरे । पाँचौ भाग्यशाली उपभोक्ता पोखरा १३ का भरत पराजुलीले कन्सोलेशन प्राइजमा एमिनेट एयर फायर प्राप्त गरे ।
यसअघि पोखरा महोत्सव युनाईटेड क्लबले जिल्ला खेलकुद बिकास समिति कास्कीलाई नगद १ लाख प्रदान गरेको छ ।


युनाईटेड क्लबले आयोजना गरेको महोत्सव भब्य र सभ्य रुपमा सम्पन्न भएको युनाईटेड क्लबका निवर्तमान अध्यक्ष तथा महोत्सवका कार्यसम्पादन उपसमिति संयोजक राजु श्रेष्ठले बताए । 


महोत्सव आयोजना गर्न गठित विभिन्न उपसमिति, सुरक्षा निकाय, स्वयंसेवकहरुले आफ्नो जिम्मेवारी बहन गरेकै कारण १४ औं पोखरा महोत्सव भब्य र सभ्य रुपमा सम्पन्न भएको उनको भनाइ छ ।


महोत्सवमा विभिन्न ख्यातिप्राप्त राष्ट्रिय स्तरका कलाकारहरुले दैनिक प्रस्तुती र साँझमा समेत ख्याति प्राप्त कलाकारहरुद्धारा लाइभ कन्सर्टबाट दर्शकहरुले भरपुर मनोरन्जन लिएको महोत्सवका प्रचार प्रसार संयोजक दिनेश सनारले जानकारी दिए ।


१३ दिन सम्म सञ्चालित महोत्सवमा दुईलाख पचास हजार भन्दा बढी दर्शकले प्रत्यक्ष अवलोकन गरेको महोत्सवमा ९ करोड बढी कारोबार भएको व्यवसायीबाट जानकारी आएको महोत्सवका अर्थ तथा स्टल ब्यवस्थापन उपसमिति संयोजक जयराम आचार्यले जानकारी दिए ।


महोत्सवमा स्थानीय उत्पादन, हस्तकला, कृषिजन्य सामाग्री लगायतलाई विशेष ठाँउ दिइएकाले पनि दर्शकहरुले महोत्सवलाई मन पराएका थिए ।
 

पोखरा ।  ताङतिङ दूधपोखरी तमु समाजको अध्यक्षमा पहिलोपटक महिला नेतृ चन्द्रमाया गुरुङ चयन भएकी छन् । समाजको दशौँ अधिवेशनले गुरुङको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । &nb...

थप पढ्नुहोस्

कर्णाली:   नेपालगञ्जबाट स्कुटरमा बसेर सुर्खेततर्फ आइरहेका एक युवक यात्राका क्रममा बेहोस भए । बेहोसीमै कर्णाली प्रदेश अस्पताल पुर्‍याइएका उनको  मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका सू...

थप पढ्नुहोस्

महेन्द्रनगर:  कञ्चनपुर प्रहरीले भारतबाट भन्सार छलेर नेपाल भित्र्याउन लागेका सामानसहित चार जना भारतीयलाई  पक्राउ गरेको छ ।      बेलौरी नगरपालिका–१ खल्लाबाट भन्सार छलेर नेपाल...

थप पढ्नुहोस्