आदर्श कपको उपाधिका लागि होराइजन क्लब र नेपाल प्रहरी भिड्ने
पाेखरा | माघ १४, २०८२
पोखरा: होराइजन क्लब स्याङ्गजा र नेपाल प्रहरी गण्डकी प्रदेशको टीम २६ औं आदर्श कपको फाइनलमा भिड्ने भएका छन् ।
कास्कीको लेखनाथमा माघ ९ देखि सुरु भएको २६ औ संस्करणको आदर्श कप फुटबल प्रतियोगिता अन्तर्गत बुधवार होराइजन क्लब स्याङ्गजा र जिल्ला खेलकुद विकास समिति म्याग्दीको टिमका विच भएको सेमिफाइनल खेलमा होराइजन क्लब १–० गोल अन्तरले विजयी बनेपछि मंगलवारको विजेता नेपाल प्रहरी गण्डकी प्रदेशको टीमसँग भिड्ने पक्का भएको हो । प्रहरीले तनहुँ जिल्ला फुटबल विकास समितिको टिमलाई पराजित गरी फाइनलमा स्थान सुरक्षित गरेको थियो ।
माघ १६ गते दिनको १ बजे हुने फाइनल खेलमा प्रथम हुने टोलीले रु. ४ लाख ९९ हजार ९सय ९९ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र तथा दोस्रो हुने टोलीले रु. ३ लाख ३३ हजार ३सय ३३ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।
बुधवार होराइजन क्लब स्याङ्गजाको टीमका जर्सी नं ११ का खेलाडी टिकाराज गुरुङ्गले खेलको ७३ औ मिनेटमा गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो। उनले बुधवारको म्यान अफ द म्याच बन्न सफल भई पाँच हजार पुरस्कार प्राप्त गरेका थिए ।
पोखरा । ताङतिङ दूधपोखरी तमु समाजको अध्यक्षमा पहिलोपटक महिला नेतृ चन्द्रमाया गुरुङ चयन भएकी छन् । समाजको दशौँ अधिवेशनले गुरुङको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । &nb...
कर्णाली: नेपालगञ्जबाट स्कुटरमा बसेर सुर्खेततर्फ आइरहेका एक युवक यात्राका क्रममा बेहोस भए । बेहोसीमै कर्णाली प्रदेश अस्पताल पुर्याइएका उनको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका सू...
महेन्द्रनगर: कञ्चनपुर प्रहरीले भारतबाट भन्सार छलेर नेपाल भित्र्याउन लागेका सामानसहित चार जना भारतीयलाई पक्राउ गरेको छ । बेलौरी नगरपालिका–१ खल्लाबाट भन्सार छलेर नेपाल...

