पोखरामा स्कुटर मर्मत गर्दागर्दै आगलागी
पाेखरा | साउन ३१, २०७९
पोखराको नयाँबजारमा आज दिउँसो स्कुटर मर्मत गर्दागर्दै आगलागी हुुँदा स्कुटर पूर्णरुपमा नष्ट भएको छ ।
नयाँबजार स्थित ग्रेस मोटरसाइकल सर्भिस सेन्टरमा मर्मत गर्न ल्याइएको ग ७ प ५७५७ नम्बरको स्कुटरमा वेल्डिङ गर्दै गर्दा आगो लागेको स्कुटर धनी कर्णबहादुर पुनले बताए । उनले भने,‘ चलाउँदै आउँदा साइलेन्सरबाट आवाज आयो, वोर्कसपमा देखाउँछुु भन्दै ल्याएको यहाँ वेल्डिङ गर्दै हुुनुुहुुन्थ्यो । वेल्डिङ गर्दा गर्दै जल्यो’
स्थानीयका अनुसार ग्रेस मोटरसाइकल सर्भिसमा आगलागी भएको यो तेस्रो पटक हो । सवारी मर्मत गर्ने क्रममा हेलचक्राइ गर्दा आफ्नो स्कुटर जलेको कर्णबहादुरले बताए । ‘केही नहोला भनेर साइडमै मर्मत गरेको हेरीरहेको थिए । स्कुटरम एक्कासी आगो लाग्यो । स्कुटर भित्र भएका कागजपत्र पनि निकाल्न पाइन,’ उनले भने ।
पुनका अनुसार स्कुटरका डिक्रीमा भएको बिलबुक, लाइसेन्स र अन्य व्यक्तिगत जलेर नष्ट भएको छ ।

संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ। सोमबार अपराह्न १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्...
पोखरा — कास्कीको अन्नपूर्ण गाउँपालिका–३ धारापानीबाट प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा अन्नपूर्ण गाउँपालिका–३ धारापानी बस्ने २७ वर्षीय सन्देश परिया...
सरकारले साउन १ गतेदेखि लागू गरेको विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम सुरु भएको छ। पूर्वाधार विकास मन्त्रालयअन्तर्गत...

