आठ सय ४८ सङ्क्रमित थपिए
काठमाडाैं | साउन ३१, २०७९
कोरोना भाइरसको सङ्क्रमण आज आठ सय ४८ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको नियमित बुलेटिनमा पाँच हजार छ सय १९ परीक्षणमध्ये सो सङ्ख्यामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।
सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार दुई सय ५९ पुगेको छ । यस्तै आज कोरोना भाइरसबाट स्वास्थ्य लाभ लिई पाँच सय २६ घर फर्किएका छन् ।
यस अवधिमा कोरोना भाइरसको सङ्क्रमणबाट एक जनाको निधन भएको छ । अहिलेसम्म ११ हजार नौ सय ९० को सङ्क्रमणबाट निधन भएको छ । पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला काठमाडौँ र ललितपुर तथा दुई सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला कैलाली रहेको छ । सङ्क्रमित शून्य भएका जिल्ला मनाङ, कालीकोट, मुगु, डोल्पा, जुम्ला र हुम्ला रहेका छन् ।
यस्तै होम आइसोलेसनमा पाँच हजार ६२, संस्थागत आइसोलेसनमा एक सय ९७, सघन उपचार कक्ष ९आइसियु०मा ६८ र भेन्टिलेटरमा चार जनाको उपचार भइरहेको छ । विगत २४ घण्टामा ९० हजार चार सय ४७ ले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।
काठमाडौं: सरकारले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्...
काठमाडौं: आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना, २०८२’ निर्माण गरी सुरक्षा व्यवस्था चुस्त बनाउन थ...
मुस्ताङ: यहाँका वारागुङ मुक्तिक्षेत्र–३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल विद्युत् प्राधिकरणअन्तर्गत नवलपुर ग्रामीण...

