कास्की–२ मा उम्मेदवार उत्तम पौडेलको ‘स्थानीयसँग संवाद यात्रा’ तीव्र
पाेखरा | माघ २६, २०८२
पोखरा: आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कास्की निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार उत्तम पौडेलले ‘स्थानीयसँग संवाद यात्रा’ अभियानलाई तीव्र बनाएका छन्।
सोही क्रममा आइतबार कास्की जिल्ला क्षेत्र नम्बर २ अन्तर्गत पोखरा महानगरपालिका–२१ मा उम्मेदवार पौडेलले स्थानीयसँग प्रत्यक्ष संवाद गर्दै सुझाव संकलन समेत गरेका हुन् ।
संवाद यात्राअन्तर्गत पोखरा २१का बिभिन्न ठाउँहरु पोखरेल थोक, शिवालय, निर्मल पोखरी, मैदान, ठुलिस्वारा, चिलाउने खर्क तथा थाप्ले–तिलाहारसम्म पुगेर स्थानीय बासिन्दासँग छलफल तथा अन्तरक्रिया गरिएको क्षेत्र नम्बर २ को सचिवालयले जनाएको छ ।
कार्यक्रममा स्थानीयले भोग्दै आएका समस्या, विकासका आवश्यकता, सेवा प्रवाहका कमजोरी तथा भावी योजनाका विषयमा खुलेर आफ्ना सुझाव र अपेक्षा राखेका थिए।
उम्मेदवार पौडेलले स्थानीयका आवाजलाई संसदमा बलियो रूपमा उठाउने प्रतिबद्धता व्यक्त गर्दै नीति निर्माणमा नागरिकको सहभागिता अनिवार्य हुने बताए।
संवाद यात्रामा निर्वाचन कमाण्डर दिपेन्द्र पोख्रेल (बहादास), गण्डकी प्रदेश सह–महामन्त्री अनिस अधिकारी, पोखरा–२१ का सभापति पवित्रमणि अधिकारीलगायत केन्द्र, प्रदेश, जिल्ला तथा क्षेत्र तहका नेता तथा कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
संवाद यात्राले कास्की–२ मा चुनावी माहोललाई थप उत्साहपूर्ण र आशावादी बनाएको देखिएको छ।
रास्वपाले आगामी दिनहरूमा पनि कास्की–२ का विभिन्न स्थानमा यस्ता संवादमूलक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।
पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी खड्कराज पौडेल (गनेस) ले पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा संसदीय दलका नेता बालेन्द्र शाह बालेनको नेतृत्वमा बन्ने सरकारमा गनेस पौडेल...
काठमाडौंः राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा (१) बमोजिम प्रतिनिधिसभा सदस्य बालेन्द्र शाहलाई प्रधानमन्त्री नियुक्त गर्नुभएको छ । उक्त कुरा राष्ट्रपतिको कार्यालय...
प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनका मागहरू नयाँ सरकारले पूरा गर्नुपर्ने बताएकी छन् । ६ महिने अवधि पाएको आफू नेतृत्वको सरकारले निर्वाचन सफलतापूर्वक पूरा गरेको बताउँदै उनले माग सम्बोधनका ल...

