बिटी कपमा सकियो प्रिक्वाटर, बुधबार क्वाटरका खेल हुने

पाेखरा | माघ २७, २०८२

बिटी कपमा सकियो प्रिक्वाटर, बुधबार क्वाटरका खेल हुने

पोखरा महानगरपालिका १ टुंडिखेलमा जारी ‘नवौं विरेन स्मृति एवम् १९ औं बिटी कप सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगितामा प्रिक्वाटरफाइनलका खेल सकिएका छन् ।

 

बुद्धटोल युवा क्लबको आयोजनामा जारी प्रतियोगितामा आज प्रिक्वाटरफाइनलका सम्पूर्ण खेल सकिएको खेल संयोजक रामकाजी गुरुङले बताए ।

 

उनका अनुसार आज भएको पहिलो खेलमा दीप युनाइटेडले रामघाटलाई १–० गोल अन्तरले पराजित गर्दै दीप क्वाटरफाइनलमा प्रवेश गर्याे ।

 

दीप युनाइटेडको जीतमा लोकेन छन्त्यालले निर्णायक गोल गरे ।

 

यसैगरी दोस्रो खेलमा डेभिज फल्सले लभ्ली ब्वाइजलाई २–० गोल अन्तरले हरायो । डेभिज फल्सको जीतमा सँगम गुरुङ र विरेन्द्र मल्ल ठकुरीले समान १/१ गोल गरे ।

 

तेस्रो खेलमा लामागाउँ गुम्बा ‘टिम बि’ले एट टु नाइनमाथि १–० गोल अन्तरले सँघर्षपूर्ण जीत निकाल्यो ।
 

 

लामागाउँको जीतमा समन श्रेष्ठले निर्णायक गोल गरे ।
 

 

चौंथो खेलमा फायर पिज्जाले एनएसवाइसीलाई ३–० गोल अन्तरले पराजित गर्याे । फायर पिज्जाको जीतमा अंकित गुरुङले २ गोल गरे भने नवराज गुरुङले १ गोलको योगदान दिए ।

 

यसैगरी पाँचौ खेलमा बिटी क्लब ‘टिम बि’ले रामघाट हरियोलाई २–० गोल अन्तरले पराजित गर्याे । बिटीको जीतमा नारायण कार्कीले २ गोल गरे । 

 

आयोजक बिटी ‘टिम ए’ र ठमेल एकताबीच भएको छैटौं खेल गोलरहित भएपछि पेनाल्टीमा आयोजक ३–२ गोल अन्तरले विजयी बन्दै क्वाटरफाइनलमा प्रवेश गर्याे ।

 

यसैगरी स्याङ्जा युथ क्लब र एमटियुसीबीच भएको सातौ खेल पनि गोलरहित भएपछि पेनाल्टीमा ४–३ गोल अन्तरले एमटियुसी विजयी बन्यो ।

 

आज भएको अन्तिम खेलमा लामागाउँ गुम्बा ‘टिम ए’माथी रामघाट ह्वाइटले ४–० को फराकिलो गोल अन्तरले सहज जीत निकाल्यो । 

 

रामघाटको जीतमा विश्वास श्रेष्ठले २ गोल गरे । यस्तै आयाम क्षेत्री र सविन नेपालीले समान १/१ गोलको योगदान दिए । 

 

अब बुधबार वाटरफाइनलका ४ खेल हुने क्लबका अध्यक्ष सन्तोष गुरुङले जानकारी दिए ।

 

उनका अनुसार प्रतियोगिताको विजेतालाई २ लाख २ सय २२ रुपैयाँ र उपविजेतालाई १ लाख ११ हजार १ सय ११ रुपैयाँसहित ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।


 

  लेखनाथ उद्योग वाणिज्य संघले व्यवसायीहरुका लागि आयकर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम आईतबार सम्पन्न गरेको छ ।   तालिमको शुभारम्भ गर्दै संघका संस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्माचार्यले तालिममार्...

थप पढ्नुहोस्

पोखरा महानगरपालिका १ टुंडिखेलमा जारी ‘नवौं विरेन स्मृति एवम् १९ औं बिटी कप सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगितामा मंगलबारदेखि प्रिक्वाटरफाइनलका खेल हुने भएको छ ।   बुद्धटोल युवा क्लबको आय...

थप पढ्नुहोस्

पोखरा:   आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कास्की निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार उत्तम पौडेलले ‘स्थानीयसँग संवाद यात्रा’...

थप पढ्नुहोस्