विद्यार्थीमा कोरोना संक्रमण पुष्टि भएपछि विद्यालय बन्द
मुस्ताङ | भदौ १, २०७९
हिमालपारीको जिल्ला मुस्ताङको सदरमुकाममा रहेको जनहित माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीमा कोभिड-१९ को संक्रमण पुष्टि भएपछि आइतबार सम्मका लागि विद्यालय बन्द गरिएको छ ।
घरपझोङ गाउँपालिका-४ जोमसोममा रहेको उक्त विद्यालयका विद्यार्थीमा कोभिड-१९ पुष्टि भएपछि कन्ट्रयाक्ट ट्रेसिङमा परेका ५१ जना विद्यार्थीको मंगलबार एन्टिजेन परीक्षण गर्दा १३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । विद्यार्थीमा कोरोना संक्रमण देखिएकोले विद्यालय बन्द गरिएको घरपझोङ गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत गौरीप्रसाद आचार्यले जानकारी दिनुभयो ।
विद्यालयको छात्राबासमा बस्ने विद्यार्थीमा रुघाखोकी तथा ज्वरो आएर विरामी हुन थालेपछि गाउँपालिकाको स्वास्थ्य शाखाले परीक्षण गर्दा संक्रमण पुष्ति भएपछि बुधबारदेखि प्रारम्भिक चरणमा तीन दिन विद्यालय बन्द गरिएको आचार्यले बताउनुभयो ।
मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले कोभिड-१९ विरुद्ध उच्च सतर्कता अपनाइएको बताउनुभयो । भौतिक दुरी व्यवस्थापन एवं स्वास्थ्य मापदण्डमा कडाइ गरिएको शर्माको भनाई छ । कोभिड–१९ बाट जोगिनका लागि सर्वसाधारणलाई सचेत गराइनुका साथै परीक्षणलाई पनि स्वास्थ्य कार्यालय मुस्ताङ तथा स्थानीय तहले तिब्रता दिएको प्रजिअ शर्माको भनाई छ ।
स्वास्थ्य कार्यालय मुस्ताङका बरिष्ठ जनस्वास्थ्य अधिकृत रामबहादुर नेपालीका अनुसार अहिले मुस्ताङ जिल्लामा ४३ जना सक्रिय संक्रमित रहेका छन् । थासाङ गाउँपालिकामा ६ जना, घरपझोङ गाउँपालिकामा २७, र मुस्ताङ अस्पतालमा १० गरी कूल ४३ जना सक्रिय संक्रमित रहेको नेपालीले बताउनुभयो ।
काठमाडौं: सरकारले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्...
काठमाडौं: आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना, २०८२’ निर्माण गरी सुरक्षा व्यवस्था चुस्त बनाउन थ...
मुस्ताङ: यहाँका वारागुङ मुक्तिक्षेत्र–३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल विद्युत् प्राधिकरणअन्तर्गत नवलपुर ग्रामीण...

