आहा! रारा गोल्डकपको फाइनल शनिबार, उपाधिका लागि जावलाखेल र सहारा भिड्ने
सहाराको ९ वर्षे र जावलाखेलको १४ वर्षे फाइनल यात्रा, दुवैलाई उपाधि जित्ने होड
पाेखरा | फागुन ७, २०८२
पोखरामा जारी २५ औं आहा! रारा पोखरा गोल्डकपको उपाधिका लागि आयोजक सहारा क्लब र जावलाखेल युथ क्लब भिड्ने भएका छन् ।
उक्त खेल यही शनिबार पोखरा रंगशालामा हुनेछ ।
आज भएको सेमिफाइनल खेलमा पाहुना टोली आभा फुटबल क्लब उज्वेकिस्तानलाई १–० गोल अन्तरले पराजित गर्दै जावलाखेल १४ वर्षपछि आहा! रारा पोखरा गोल्डकपको फाइनमा प्रवेश गरेको हो ।
खेलको ५२ औं मिनेटमा जावलाखेलका धर्बेन्द्र कुँवरले क्रस गरेको बल आभा क्लबका डिफेन्डर कुसान गनीजानोभलाई लागेर चाली चुम्यो । सोही गोल नै जावलाखेलका लागि निर्णायक गोल बन्यो ।
निकै प्रतिस्पर्धात्मक बनेको खेलमा जावलाखेलका युवराज ढकालले उज्वेकिस्तानका सरदोरबेक फाउलका क्रममा मुक्का प्रहार गरेपछि जावलाखेलका युवराज रातो कार्डको शिकार बने ।
त्यपछि १० खेलाडीमा सीमित बनेको जावलाखेल दबाबमा पर्याे ।
त्यसपछि लगातार मुभ सिर्जना भएपनि गोलमा परिणत गर्न नसक्दा उज्वेकिस्तान सेमिफाइनलबाट बाहिरिन बाध्य बन्यो । उक्त खेलबाट जावलाखेलका जोखिद्जोन राखीमोभ म्यान अफ द म्याच बने ।
अब जावलाखेलले प्रतियोगिताको उपाधिका लागि आयोजक सहारा क्लबसँग शनिबार प्रतिस्पर्धा गर्नेछ । आयोजक सहारा क्लब ९ वर्षपछि फाइनलमा प्रवेश गरेको हो भने, जावलाखेल १४ वर्षपछि उपाधि नजिक पुगेको हो ।
सहारा क्लब २०७३ सालमा मनाङसँग फाइनलमा १–० गोलले स्तब्ध बनेको थियो ।
यस्तै जावलाखेल २०६८ सालमा फाइनलमा मनाङ मस्र्याङ्दी क्लबसँग २–० गोल अन्तरले पराजित हुँदै उपविजेता बनेको थियो ।
प्रतियोगिताको विजेताले १४ लाख १ हजार रुपैयाँ प्राप्त गर्ने छ भने उपविजेता टिमले ७ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

