राजबहादुरलाई पोखरा पत्रकारिता सम्मान, जगन्नाथ पत्रकारिता पुरस्कारबाट एकराज र फडिन्द्र पुरस्कृत

पाेखरा | चैत १६, २०८२

राजबहादुरलाई पोखरा पत्रकारिता सम्मान, जगन्नाथ पत्रकारिता पुरस्कारबाट एकराज र फडिन्द्र पुरस्कृत

पोखरा:     नेपाल पत्रकार महासंघ कास्कीले संस्थाको ७१ औं स्थापना दिवसको अवसरमा पत्रकारिता क्षेत्रमा योगदान पु¥याएका ३ जनालाई पुरस्कृत र एक संस्थालाई सम्मान गरेको छ ।

 

पोखरा पत्रकारिता पुरस्कारबाट यस वर्ष २०८१ को सम्मान वरिष्ठ पत्रकार राजबहादुर गुरुङलाई र २०८२ को सम्मान सहारा क्लबलाई प्रदान गरेको हो ।

 

यस्तै स्व. जगन्नाथ सिग्देलस्मृति पत्रकारिता पुरस्कार २०८१ बाट फणिन्द्र अधिकारी (अकिञ्चन) र २०८२ एकराज गिरी पुरस्कृत भए । 

 

कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले वरिष्ठ पत्रकार राजबहादुर गुरुङलाई नगद ५० हजार ५ सय ५५ रुपैयाँ, दोसल्ला र सम्मान पत्र अर्पण गरे ।  

 

सम्मानित गुरुङ तीन दशकभन्दा बढी समयदेखि पत्रकारितामा सक्रिय छन् । उनी हाल युनाइटेड खबर अनलाइनमा कार्यरत छन् । 

 

यस्तै पुरस्कृत द्वय फडिन्द्र अधिकारी र एकराज गिरीलाई जनही नगद  २५ हजार ५ सय ५५ रुपैयाँ, दोसल्ला र सम्मानपत्र  मुख्यमन्त्री पाण्डे तथा पुरस्कारदाताले प्रदान गरे ।

 

विगत दुई दशकदेखि पत्रकारितामा क्रियाशील रहेका अधिकारी गोरखापत्र र गिरी सफल न्यूजमा आवद्ध छन् ।

 

 

सो अवसरमा मुख्यमन्त्री पाण्डेले सम्मानित गुरुङ तथा पुरस्कृत अधिकारी र गिरीलाई बधाई व्यक्त गरे ।

 

उनले पछिल्लो समय सामाजिक सञ्जालमा मिसइन्फर्मेसन र डिस्इम्फर्मेसन बढ्दै गएकाले आधिकारिक मिडियालाई चुनौती थपिएको धारणा राखे ।

 

 उनले उक्त चुनौतीलाई चिर्नका लागि पत्रकार स्वयंले कसरत गर्नुपर्ने बताएका थिए । 

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्