गुरुङ कथानक चलचित्र सौंर्बे म्रु ‘मनको राजा’ पोखरामा पुन: प्रदर्शन हुने

पाेखरा | चैत १८, २०८२

गुरुङ कथानक चलचित्र सौंर्बे म्रु ‘मनको राजा’ पोखरामा पुन: प्रदर्शन हुने

पोखरा: ब्रेज मेश्रो फिल्म प्रोडक्सन घान्द्रुकको ब्यानरमा लामा अमृत फाउण्डेशन घान्द्रुकद्धारा निर्मित गुरुङ कथानक चलचित्र सौंर्बे म्रु ‘मनको राजा’ को पोखरामा पुन: प्रदर्शन हुने भएको छ । नेपाली भाषामा रहेको गुरुङ कथानक चलचित्र सौंर्बे म्रु ‘मनको राजा’ चैत २५ गते मिडटाउन  फिल्म हलमा पुन: प्रदर्शन हुन लागेको हो ।  

 

सोम गुरुङको निर्देशनमा तयार भएको चलचित्र सौंर्बे म्रु ‘मनको राजा’ पोखरामा चैत १ गते भिआइपी (प्रिमियर) शो ६ र ७ गते श्रीकृष्ण चलचित्र हलमा प्रदर्शन गरिएको चलचित्रका निर्माता तथा नायक लामा अमृत गुरुङले जानकारी दिए ।  

 

‘घान्द्रुकको पर्यटकीय क्षेत्रमा निर्माण गरिएको चलचित्र सौंर्बे म्रु ‘मनको राजा’ पोखरामा चैत १ गते भिआइपी शोसहित ३ वटा शो प्रदर्शन भइसकेको छ’, निर्माता गुरुङले भने, ‘पोखरापछि विदेशमा समेत चलचित्र प्रदर्शन गर्ने तयारीमा निर्माण टिम रहेका छौं, चलचित्र प्रदर्शनका लागि दर्शकहरुबाट माग आएपछि हामीले चैत २५ गते मिडटाउन फिल्म हलमा पुनः प्रदर्शन गर्न लागेका हौं ।’

 

चलचित्रमा निर्माता तथा नायक अमृत गुरुङ, लक्ष्मी गुरुङ, सुरज तमु र प्रिति गुरुङले प्रमुख भूमिका निर्वाह गरेका छन् । 

 

चलचित्रका निर्माता एवम् नायक लामा अमृत गुरुङले चलचित्रको माध्यमबाट घान्द्रुकको पर्यटन प्रवद्र्धन गर्न ब्रेज मेश्रो फिल्म प्रोडक्सन घान्द्रुकको ब्यानरमा चलचित्र, म्युजिक भिडियो, डकुमेट्री तयार गरिरहेको बताए ।

पोखरा:     नेपाल पत्रकार महासंघ कास्कीले संस्थाको ७१ औं स्थापना दिवसको अवसरमा पत्रकारिता क्षेत्रमा योगदान पु¥याएका ३ जनालाई पुरस्कृत र एक संस्थालाई सम्मान गरेको छ ।   पोखरा...

थप पढ्नुहोस्

लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ ।   सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो ।   काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहा...

थप पढ्नुहोस्

पाेखरा:   माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तर पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि बौदीकालिले जितेको छ ।    प्रतियोगितामा शुक्लागण्डकी  नगरपालिका तनहु...

थप पढ्नुहोस्