ट्होटेंले देशमा सुशासन कायम होस्: प्रदेश सांसद गुरुङ
झाँकी र्यालीमा चिउली पाचे तमु समाज प्रथम
पाेखरा | चैत २४, २०८२
पोखरा: तमु समुदायको एतिहासिक, मौलिक साँस्कृतिक ट्होटें पर्व तमु धिं नेपालको आयोजनामा चैत्रको अन्तिम मंगलबार मनाएको छ।
उधौलीट्होटें पोखराको पुरानो एयरपोर्ट मेयर हर्क गुरुङ चोकबाट प्रकृति र पितृलाई पुज्दै मौलिक पोशाक, बाजागाजा, झाँकीसहित शुरु भएको बृहद ट्होटें र्याली नागढुंगा, लखन चोक पृथ्वीचोक, नयाँबजार हुदै तमु धिंमा पुगी समारोहमा परिणत भएको थियो।
कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेस सभा सदस्य माननीय गणेशमान गुरुङले उदघाटन गर्नुहुदै सुशासनका लागि तमुहरुले स्थापित गरेको एतिहासिक साँस्कृतिक पर्वले नेपाल सुशासनको मुलुक बन्ने शुभकामना दिनुभयो।
जेन्जी आन्दोलन पस्चात निर्वाचित सरकारको गृहमन्त्री सुदन पनि गुरुङ नै भएकाले मुलुकलाई सुशासनका साथ समृद्धि तर्फ लम्काउन सकोस भन्ने शुभेच्छा प्रकट गर्नुभयो ।
उहाले विगतमा गुरुङहरुको योगदानलाई सम्मान गर्नु पर्ने भन्दै तमुको अधिकारका लागि सधै अग्रमोर्चामा रहने प्रतिवद्दता व्यक्त गर्नुभयो ।
तमु धिं नेपालकी संस्थापक अध्यक्ष कर्म तमुले शुभकामना व्यक्त गर्नुहुदै ट्होटेंको एतिहासिकता, पर्वको मर्मलाई आत्मसात गर्दै जानुपर्नेमा जोड दिनुभयो।
ट्होटें पर्वमा आयोजित झाँकी एवम र्याली प्रतियोगितामा चिउली पार्चे तमु समाज प्रथम ४० हजार, याङ्जाकोट तमु समाज द्वितिय हुदै २५ हजार, फुलवारी तेस्रो हुदै १५ हजारसहित ट्रफीबाट पुरस्कृत भएको थियो।
यसरी नै ब्रेज मेश्रों घान्द्रुक तमु समाज चौथो हुदै १० हजार, सान्त्वना भएको तनहु तमु समाज, सुर्यमुखी, भुजुङ युम्पो र डढुवा दुर्छा तमु समाज तृतिय हुदै जनही पाँच हजारसहित पुरस्कृत भएका थिए।
झाँकी र्याली मुल्यांकन समिति तमु धिं नेपालका वरिष्ठ उपाध्यक्ष श्रीप्रसाद गुरुङको संयोजकत्वमा रहेको मुल्यांकन समितिको निर्णय समितिका सदस्य श्रीजंङ गुरुङले घोषणा गर्नुभएको थियो।
पुरस्कृत समाजहरुलाई प्रमुख अतिथि गण्डकी प्रदेश सभा सदस्य गणेशमान गुरुङ, तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङ, संस्थापक अध्यक्ष कर्म तमु, संस्थापक उपाध्यक्ष शंकर गुरुङ, सल्लाहकार मेजर डिलबहादुर गुरुङ, सरंक्षक परिसद सहसंयोजक मेजर लक्ष्मीप्रसाद गुरुङ, लगायत प्रथम पुरस्कार प्रायोजक गुरुङ गहनाघर प्रालि सिमा गुरुङ नेल्सन गुरुङ, प्रस्कार प्रायोजकहरु चित्रकुमारी गुरुङ, हरिमाया गुरुङ, हुमकुमारी गुरुङ लगायतले पुरुस्कार वितरण गरिएको थियो।
कार्यक्रममा खानेपानीको प्रायोजन नातिनी सदिमा गुरुङको स्मृतिमा नागवेली तमु समाजको पुर्व अध्यक्ष क्याप्टेन हितमान गुरुङले गर्नु भएको ह्हियो भने चिउली पाचे तमु समाज र तमु धिका नवयुवा सांस्कृतिक कलाकारहरुबाट नृत्य प्रस्तुति गरेका थिए।
तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको संचालन महासचिव जुना गुरुङले गर्नुभएको थियो।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

