विकृति र विसङ्गतिबाट मुक्त हुन सरकारलाई सांसद पुनको आग्रह

काठमाडाैं | चैत २५, २०८२

विकृति र विसङ्गतिबाट मुक्त हुन सरकारलाई सांसद पुनको आग्रह

सांसद महावीर पुनले मुलुकमा जडा गाडेर बसेको नातावाद, कृपावाद, चाप्लुसीवाद र चाकरीवाद जस्ता प्रवृत्तिले शासन प्रणालीलाई कमजोर बनाएको उल्लेख गर्दै यस्ता विकृतिबाट मुक्त हुन सरकार र राजनीतिक दलहरूलाई आग्रह गर्नुभएको छ ।

 

प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै सांसद पुनले यस्तो आग्रह गर्नुभएको हो ।

 

नेपाल एकीकरण पछिदेखि नै यस्तो प्रवृत्ति मौलाउँदै आएको दाबी गर्दै उहाँले आगामी दिनमा मन्त्री वा सांसदले आफ्ना आफन्तलाई सार्वजनिक पदमा नियुक्त नगर्ने पद्धतिको विकास गर्न जोड दिनुभयो ।

 

उ​हाँले भन्नुभयो, “म सरकार र सबै राजनीतिक दललाई के अनुरोध गर्न चाहन्छु भने नेपालमा सदियौँदेखि रहेको नातावाद, कृपावाद, चाप्लुसीवाद र चाकरीवाद जस्ता भाइरसबाट बच्नुहोस् ।

 

यो भाइरसले अझै पनि छोडेको छैन । आगामी दिनमा कुनै मन्त्री वा सांसदले आफ्ना आफन्तलाई फलानो पदमा नियुक्त गर्‍यो भन्ने सुन्नु नपरोस् ।”

 

फरक प्रसङ्गमा बोल्दै सांसद पुनले गुम्ली जिल्लालाई २०७५ सालमै हिमाली जिल्ला घोषणा गरिए तापनि सो अनुसारको सेवा–सुविधा उपलब्ध नगराइएको प्रति सरकारको ध्यानाकर्षण गराउनुभयो ।

 

“गुम्लीलाई हिमाली जिल्ला घोषणा गरिए पनि त्यहाँका जनताले पाउनुपर्ने सुविधा पाएका छैनन्,” उहाँले भन्नुभयो, “हिमाली जिल्लाले पाउने आधारभूत सेवा र सुविधाहरू तत्काल उपलब्ध गराउन म अनुरोध गर्दछु ।” 

पोखरा -   नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ ।    नेपाल पत्रकार महासंघ, कास्कीले बु...

थप पढ्नुहोस्

पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।   पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...

थप पढ्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्।   चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

थप पढ्नुहोस्