मादीमा गठबन्धनको चुनाव प्रचारप्रसार समिति गठन

कास्की | बैशाख १८, २०७९

मादीमा गठबन्धनको चुनाव प्रचारप्रसार समिति गठन

पोखरा:  आसन्न स्थानीय तह निर्वाचन सफल पार्न मादी गाउँपालिकाको गठबन्धनले विभिन्न ९ समिति गठन गरेको छ ।

 

सत्तापक्ष कांग्रेस, माओवादी र एकिकृत समाजवादीसहितको संयुक्त चुनावी गठबन्धनले पोखरा १३ शितलादेवीमा बसेको बैठकले चुनावी प्रचार प्रसारका लागि मादी गाउँपालिका स्तरिय  समिति गठन गरेको हो ।
 

नेपाली कांग्रेस मादी गाउँपालिका अध्यक्ष पदका उम्मेद्वार यामबहादुर गुरुङ, नेकपा माओवादी केन्द्रका मादी गाउँपालिका अध्यक्ष तोरण गुरुङ, एकिकृत समाजवादी मादी गाउँपालिका अध्यक्ष घननाथ सापकोटाको अध्यक्षतमा बसेको बैठक बसेको थियो ।
 

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य सोमति गुरुङ, नेका कास्की एकका सचिव सरोज केसी लगायतका गठबन्धनका नेताहरुको उपस्थितिमा बसेको बैठकले समिति उप समिति गठन गरेको हो ।

 

स्थानीय निर्वाचन २०७९ लाई व्यवस्थित सशक्त  र उत्साहपूर्ण र विजयउन्मुख बनाउनका लागि गठबन्धनको मादी गाउँपालिकास्तरिय बैठक बसेको हो । निर्वाचनलाई परिणाममुखी बनाउन विभिन्न उपसमिति र उपसमितिको पनि बैठक राखी पूर्णता दिने संयुक्त रुपमा  निर्णय भएको छ ।

 

प्रशिक्षण बुद्धिजिवी परिचालन एवम घोषणापत्र तयारी समिति, कार्यालय सञ्चालन व्यवस्थापन उपसमिसिति, बुथ संरक्षण तथा मत सर्वेक्षण उपसमिति, बुथ संरक्षण तथा मत सर्वेक्षण उपसमिति, यातायात व्यवस्थापन उप समिति, पार्टी सञ्चालन भातृ तथा शुभेच्छुक संस्था परिचालन उपसमिति, आर्थिक समिति, गठबन्धन दल समन्वय समिति, युवा परिचालन उपसमिति, प्रचारप्रसार उपसमिति गठन गरेको हो ।
 

 

सोमबार बिहान ७ बजे पोखरा १२ शितलादेवीमा गठबन्धनको सम्पर्क कार्यालय स्थापन गरिने नेपाली कांग्रेस कास्की १ का सचिव सरोज केसीले जानकारी दिए ।

पोखरा ।  ताङतिङ दूधपोखरी तमु समाजको अध्यक्षमा पहिलोपटक महिला नेतृ चन्द्रमाया गुरुङ चयन भएकी छन् । समाजको दशौँ अधिवेशनले गुरुङको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । &nb...

थप पढ्नुहोस्

कर्णाली:   नेपालगञ्जबाट स्कुटरमा बसेर सुर्खेततर्फ आइरहेका एक युवक यात्राका क्रममा बेहोस भए । बेहोसीमै कर्णाली प्रदेश अस्पताल पुर्‍याइएका उनको  मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका सू...

थप पढ्नुहोस्

महेन्द्रनगर:  कञ्चनपुर प्रहरीले भारतबाट भन्सार छलेर नेपाल भित्र्याउन लागेका सामानसहित चार जना भारतीयलाई  पक्राउ गरेको छ ।      बेलौरी नगरपालिका–१ खल्लाबाट भन्सार छलेर नेपाल...

थप पढ्नुहोस्