सञ्चार क्षेत्रलाई मर्यादित र व्यवसायीक बनाउन सरकार प्रतिबद्ध: मुख्यमन्त्री पाण्डे

पाेखरा | बैशाख १७, २०८३

सञ्चार क्षेत्रलाई मर्यादित र व्यवसायीक बनाउन सरकार प्रतिबद्ध: मुख्यमन्त्री पाण्डे

पोखरा ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

 

प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेशद्वारा पोखरामा आयोजित ‘मिडिया उद्योग व्यवस्थापन सम्बन्धी अन्तरक्रिया कार्यशालालाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले यस्तो अभिव्यक्ति व्यक्त गरेका हुन् ।

 

कार्यक्रममा प्रमुख अतिथिको रूपमा बोल्दै उनले लोकतन्त्रमा प्रश्न गर्ने संस्कृति र जिम्मेवार खबरदारीले नै शासन व्यवस्थालाई बलियो बनाउने उल्लेख गरे ।

 

प्रदेश सरकारले सञ्चार क्षेत्रको नियमन र विकासका लागि ‘गण्डकी प्रदेश आमसञ्चार ऐन, २०८०’ र ‘गण्डकी प्रदेश आमसञ्चार नियमावली, २०८२’ जारी गरिसकेको जानकारी दिँदै उनले यी कानुनी व्यवस्थाले सञ्चार क्षेत्रलाई थप उत्तरदायी र मर्यादित बनाउने विश्वास व्यक्त गरे ।

 

मुख्यमन्त्री पाण्डेले सञ्चार माध्यमहरूलाई सूचना प्रवाह गर्ने संस्थाका रूपमा मात्र नभई दिगो र आत्मनिर्भर मिडिया उद्योगका रूपमा विकास गर्न आवश्यक रहेको बताए ।

 

उनले बजार अनुसन्धान, आयस्रोतको विविधीकरण र दीर्घकालीन रणनीतिलाई सञ्चार उद्योगको अनिवार्य पक्षका रूपमा औल्याए ।

 

‘विज्ञापनका लागि मात्र गरिने पत्रकारिता क्षणिक हुन सक्छ, नागरिकको विश्वास जित्ने सामग्री मात्र दीर्घकालीन हुन्छ’ उनले भने, ‘कन्टेन्ट किङ’ भन्ने सोचलाई आत्मसात् गर्दै गुणस्तरीय सामग्रीमा जोड दिनुपर्छ ।’

 

उनले पत्रकार, प्राविधिक र व्यवस्थापकहरूको क्षमता विकासमा लगानी गर्न सञ्चार गृहहरूलाई आग्रह गर्दै भने ‘जनशक्ति विकास अब विकल्प होइन, आवश्यकता हो ।’

 

डिजिटल मिडियाको बढ्दो प्रभावका बीच परम्परागत मिडियाले पनि डिजिटल प्लेटफर्मसँग जोडिएर आफ्नो पहुँच र आम्दानीको नयाँ आधार तयार गर्नुपर्ने मुख्यमन्त्री पाण्डेले सुझाए ।

 

मुख्यमन्त्री पाण्डेले प्रदेश सरकार सञ्चार माध्यमलाई नियन्त्रण गर्ने नभई जिम्मेवार र व्यावसायिक बनाउन सहजीकरण गर्ने पक्षमा रहेको प्रष्ट पारे ।

 

मिडिया हाउसहरू सरकारी विज्ञापनमा मात्र निर्भर नभई प्रतिस्पर्धी र आत्मनिर्भर व्यावसायिक प्रतिष्ठानका रूपमा स्थापित हुनुपर्नेमा उनले जोड दिएका थिए ।

 

उक्त गण्डकी प्रदेशका विभिन्न जिल्लाबाट सञ्चालित मिडिया हाउसका सञ्चालक, सम्पादक तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो ।

पोखरा ।   गण्डकी प्रदेश सरकारको लगानीमा निर्मित गण्डकी प्रदेश प्रहरी अस्पतालको उद्घाटन गरिएको छ ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले एक समारोहकाबीच आज अस्पताल भवनको उद्घाटन गरे...

थप पढ्नुहोस्

पोखरा ।   जिल्ला प्रहरी कार्यालय कास्कीको मुद्धा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार विष्णु थापा क्षेत्री घुस लिएको आरोपमा पक्राउ परेका छन् ।   अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको टोलीले...

थप पढ्नुहोस्

पोखरा ।  गण्डकी प्रदेश सरकारले महामारी र संक्रामक रोग व्यवस्थापनका लागि ५ करोड रुपैयाँको आपतकालीन कोष स्थापना गर्ने निर्णय गरेको छ ।   मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ‘आपतकालीन स्...

थप पढ्नुहोस्