फेवातालमा पौडी खेल्ने क्रममा डुबेर १० वर्षीय बालकको मृत्यु
पाेखरा | बैशाख १८, २०८३
पोखरा । पोखराको फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक १० वर्षीय बालकको ज्यान गएको छ ।
पोखरा महानगरपालिका–१८ खपौदीका आरेस लामाको बिहीबार बिहान तालमा पौडी खेल्ने क्रममा डुबेर ज्यान गएको हो ।
बिहीबार बिहान करिब सवा ११ बजे पौडी खेल्ने क्रममा उनी अचानक बेपत्ता भएका थिए ।
त्यसपछि घटनाबारे जानकारी पाएलगत्तै सशस्त्र प्रहरी बल नेपालको नं. २४ गण हेडक्वाटर कास्कीबाट गोताखोरसहितको टोली घटनास्थल खटिएको थियो ।
सशस्त्र प्रहरी नायब निरीक्षक ताराचन्द्र शर्माको नेतृत्वमा गएको ७ सदस्यीय टोलीले तालको करिब १८ फिट गहिराइबाट बालकलाई अचेत अवस्थामा फेला पारी बाहिर निकालेको थियो ।
उद्धारपछि बालकलाई तत्काल उपचारका लागि पश्चिम क्षेत्रीय गण्डकी अस्पताल लगिएकोमा चिकित्सकले दिउँसो सवा १२ बजे उनलाई मृत घोषणा गरेको हो ।
पछिल्लो समय पोखराका जलाशय क्षेत्रमा बालबालिकाको सुरक्षा संवेदनशीलतामा चुनौती देखिएकाले सचेत हुनुपर्ने देखिएको छ ।
प्रहरीले उक्त घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।
व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिइएको छ । प्रश्नपत्र बाहिरिएको समाचार आएपछि शिक्षामन्त्री सस्मित पोखरेलल...
पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको दशौं रारा पोखरा स्पोट्र्स अवार्ड–२०८२ बाट ७ लाख ७१ हजार ४ सय १८ रुपैयाँ बचत भएको जनाएको छ । मञ्चले आईतबार ए...
पोखराको सिर्जना चोकस्थित अशोका कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्टले काठमाडौँ विश्वविद्यालय (केयू) बाट सम्बन्धन लिएर ब्याचलर अफ इन्फर्मेसन टेक्नोलोजी (बीआईटी) कार्यक्रम सञ्चालनमा ल्याएको छ । गण्डकी प्रद...

