फेवातालमा पौडी खेल्ने क्रममा डुबेर १० वर्षीय बालकको मृत्यु
पाेखरा | बैशाख १८, २०८३
पोखरा । पोखराको फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक १० वर्षीय बालकको ज्यान गएको छ ।
पोखरा महानगरपालिका–१८ खपौदीका आरेस लामाको बिहीबार बिहान तालमा पौडी खेल्ने क्रममा डुबेर ज्यान गएको हो ।
बिहीबार बिहान करिब सवा ११ बजे पौडी खेल्ने क्रममा उनी अचानक बेपत्ता भएका थिए ।
त्यसपछि घटनाबारे जानकारी पाएलगत्तै सशस्त्र प्रहरी बल नेपालको नं. २४ गण हेडक्वाटर कास्कीबाट गोताखोरसहितको टोली घटनास्थल खटिएको थियो ।
सशस्त्र प्रहरी नायब निरीक्षक ताराचन्द्र शर्माको नेतृत्वमा गएको ७ सदस्यीय टोलीले तालको करिब १८ फिट गहिराइबाट बालकलाई अचेत अवस्थामा फेला पारी बाहिर निकालेको थियो ।
उद्धारपछि बालकलाई तत्काल उपचारका लागि पश्चिम क्षेत्रीय गण्डकी अस्पताल लगिएकोमा चिकित्सकले दिउँसो सवा १२ बजे उनलाई मृत घोषणा गरेको हो ।
पछिल्लो समय पोखराका जलाशय क्षेत्रमा बालबालिकाको सुरक्षा संवेदनशीलतामा चुनौती देखिएकाले सचेत हुनुपर्ने देखिएको छ ।
प्रहरीले उक्त घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

