डेबुटेन्ट केप भर्ड विश्वकपको नकआउटमा प्रवेश, अर्जेन्टिनासँग भिड्ने

काठमाडाैं | असार १३, २०८३

डेबुटेन्ट केप भर्ड विश्वकपको नकआउटमा प्रवेश, अर्जेन्टिनासँग भिड्ने

काठमाडौं । विश्वकपमा पहिलोपटक सहभागी भएको केप भर्डले साउदी अरेबियासँग गोलरहित बराबरी खेल्दै आफ्नो ऐतिहासिक यात्रा जारी राखेको छ ।

 

शुक्रबार ह्युस्टनमा भएको खेलमा ०–० को बराबरीसँगै स्पेनले उरुग्वेमाथि १–० को जित निकाल्दा समूह ‘एच’बाट केप भर्ड उपविजेताका रूपमा नकआउट चरणमा प्रवेश गर्न सफल भयो ।

 

विश्वकपअघि फिफा वरीयताको ६७औँ स्थानमा रहेको करिब पाँच लाख जनसंख्या भएको अफ्रिकी द्वीपीय राष्ट्र केप भर्डले समूह चरणका तीनवटै खेलमा अपराजित रहँदै अन्तिम ३२ मा स्थान बनाएको हो। अब उसले जुलाई ३ मा मियामीमा साविक विजेता अर्जेन्टिनासँग प्रतिस्पर्धा गर्नेछ ।

 

समूह ‘एच’मा स्पेन सात अंकसहित समूह विजेता बन्यो भने केप भर्डले तीन अंक जोड्दै दोस्रो स्थान सुरक्षित गर्‍यो । उरुग्वे र साउदी अरेबिया समान दुई–दुई अंकमै सीमित हुँदै प्रतियोगिताबाट बाहिरिए ।

 

स्पेनले अन्तिम ३२ मा समूह ‘जे’को उपविजेता टोली अल्जेरिया वा अस्ट्रियामध्ये एकसँग खेल्नेछ ।

 

इतिहास रच्ने लक्ष्यसहित मैदान उत्रिएको केप भर्डका प्रशिक्षक बुबिस्टाले टोलीमा पाँच परिवर्तन गरेका थिए । केही परिवर्तन बाध्यात्मक भए पनि अनुभवी गोलरक्षक भोजिन्हालाई भने टोलीमा निरन्तरता दिएका थिए ।

 

४० वर्षीय भोजिन्हाले प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्दै टोलीलाई कठिन परिस्थितिबाट जोगाएका छन् । उनले पहिलो खेलमा युरोपियन च्याम्पियन स्पेनसँग ०–० को बराबरी गराउन महत्वपूर्ण भूमिका खेलेका थिए । त्यसपछि दुई पटकको विश्वकप विजेता उरुग्वेसँग २–२ को साहसिक बराबरी खेलेपछि केप भर्डको नकआउट सम्भावना बलियो बनेको थियो ।

 

साउदी अरेबियाविरुद्धको खेलमा पहिलो हाफमा केप भर्ड केही हदसम्म हावी देखिएको थियो । खेलको ३३औँ मिनेटमा अनुभवी डिफेन्डर हसन अल–तम्बक्ती घाइते हुँदै स्ट्रेचरमार्फत मैदानबाट बाहिरिएपछि साउदी टोलीलाई ठूलो धक्का लागेको थियो ।

 

केप भर्डका विली सेमेडोको प्रहार पोस्टबाट थोरैले बाहिरियो भने दुवै टोलीले पहिलो हाफमा स्पष्ट गोलको अवसर सिर्जना गर्न सकेनन् । त्यसबेला उरुग्वेलाई पछि पार्दै केप भर्डे नकआउटतर्फ अग्रसर थियो ।

 

दोस्रो हाफ सुरु भएको तीन मिनेटमै जामिरो मोन्टेइरोले नजिकबाट उत्कृष्ट अवसर पाए पनि कमजोर फिनिसिङका कारण गोल गर्न सकेनन् । त्यसपछि केभिन पिनाको लामो दूरीको प्रहार पनि लक्ष्यभन्दा थोरैले बाहिरियो ।

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्