शकिब अल हसनले पोखराबाट एनपीएल खेल्ने

पाेखरा | साउन ११, २०८३

शकिब अल हसनले पोखराबाट एनपीएल खेल्ने

बंगलादेशका चर्चित क्रिकेटर शकिब अल हसनले नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने भएका छन्।

 

एनपीएलको आगामी सिजनका लागि पोखरा एभेन्जर्सले शकिबलाई अनुबन्ध गरेको छ। शकिब एनपीएलको आउँदो सिजनमा सहभागी हुने पोखरा एभेन्जर्सले जनाएको छ।

 

अलराउन्डर शकिब बंगलादेशका पूर्वकप्तान पनि हुन्। ३९ वर्षीय शकिबले बंगलादेशबाट ७१ टेस्ट र २४७ एकदिवसीय खेल खेलिसकेका छन्।

 

त्यस्तै, उनले १२९ वटा टी–२० आई खेलेका छन्। जसमा उनले दुई हजार ५५१ रन बनाएका छन्।

 

उनले भारतीय प्रिमियर लिग (आईपीएल) पनि खेलेका छन्। आईपीएलका ७१ खेलमा ७९३ रन बनाएका छन्।

 

उनले बंगलादेश प्रिमियर लिगसँगै श्रीलंका प्रिमियर लिग, पाकिस्तान प्रिमियर लिग, क्यारेबियन प्रिमियर लिगलगायत सबैजसो चर्चित अन्तर्राष्ट्रिय लिगबाट खेलिसकेका छन्।

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्