घर–घरमा पुगेर बानियाँले भने- ‘तपाईहरुले खोजेको र रोजेको वडा बनाउँछौ’

कास्की | बैशाख १८, २०७९

घर–घरमा पुगेर बानियाँले भने- ‘तपाईहरुले खोजेको र रोजेको वडा बनाउँछौ’

पोखरा:   नेकपा एमाले वडा १५ को जारी घरदैलो कार्यक्रममा उम्मेद्वारसहित नेता तथा कार्यकर्ताको टोली मतदाताको घर–घर पुगेका छन् ।  आजको घरदैलो कार्यक्रममा वडाको तल्लो भेक टुटुङ्गा, अमिनतारा र वन क्याम्पसको पछाडी ठाँटिपाटन, नागवेली टोल लगायतका क्षेत्रमा पुगेका हुन् । 

 

सो अवसरमा बोल्दै वडा अध्यक्ष पदका उम्मेद्वार तोरण बानियाँले आफ्नो क्षेत्र विकासको लागि उम्मेदवार बनेको बताए । उनले आफु जन्मिएको र आफुलाई चिनाएको ठाउँका नागारिकको पक्षमा काम गर्नकै लागि राजनीतिमा लागेको प्रतिक्रिया दिए । 

उनले वडाका महिला र बेरोजगार युवाहरुका लागि विभिन्न सीप, तालिम र स्वरोजगारका कार्यक्रम ल्याएर दक्षता अभिवृद्धि गर्ने योजना सहित अघि बढेको बताए । बानियाँले सभ्य र सुन्दर वडाको रुपमा विकास गर्नका लागि सूर्य चिन्हमा मतदान गरी आफूहरुलाई निर्वाचित गराउन मतदातासँग आग्रह गरेका थिए ।

 

यसैगरी महिला सदस्य पदकी उम्मेद्वार सेतीमाया गुरुङले पाँचै जना उम्मेदवारलाई जिताउनका लागि वडावासीलाई आग्रह गरिन् । ‘तपाईहरुको मत हामी खेर जान दिनेछैनौ, उनले भनिन्, ‘यहाँहरुले कल्पना गरेको र खोजेको वडा हामी बनाउँछौ । त्यसैले हामीलाई साथ दिनुहोला ।’

 

घरदैलो कार्यक्रमकाबिच स्थानीयहरुले सडक पहिलेको भन्दा राम्रो बनेको भएपनि अझ स्तरउन्नती गर्नुपर्ने माग राखेका थिए । यस्तै, नागवेली टोलका स्थानियले खानेपानीको समस्या रहेको र दैनिक खानेपानी किनेर खानुपर्ने अवस्था रहेको भन्दै तत्काल समाधानका लागि पहल गर्न अनुरोध गरेका थिए ।  

काठमाडौं:  त्रिभुवन विश्वविद्यालयले कात्तिक ११ गतेसम्म विश्वविद्यालयको सम्पूर्ण पठनपाठन कार्य बन्द गर्ने निर्णय गरेको छ।  मुलुकभर विद्यमान असामान्य परिस्थितिका कारण आगामी हिउँदै बिदामा कटौती गर्नेगरी...

थप पढ्नुहोस्

काठमाडौं:   देशभर बिहीबार साधारणतया मौसम बदली रहनेछ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थान वरपर र पश्चिममा सरदरभन्दा केही उत्तरतिर अवस्थित छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदे...

थप पढ्नुहोस्

काठमाडौं:   स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जेनजी अहिलेसम्म अस्पतालमा हिंसात्मक प्रदर्शनमा परी ३० जनाको मृत्यु र एक हजारभन्दा बढी घाइतेहरूको उपचार भएको जनाएको छ ।  मन्त्रालयका सचिव डा. विकास देव...

थप पढ्नुहोस्