तनहुँ-१ बाटै चुनाव लड्छु : वरिष्ठ नेता पौडेल
तनहुँ | भदौ ३, २०७९
तस्बिर फाइल
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँ-१ बाटै निर्वाचन लड्ने घोषणा गर्नुभएको छ ।
गृहजिल्ला तनहुँको दमौली आइपुग्नुभएका पौडेलले मङ्सिर ४ गते हुने निर्वाचनमा तनहुँबाटै प्रतिनिधिसभा सदस्य उम्मेदवार बन्ने घोषणा गर्नुभएको हो ।
नेपाली कांग्रेसमा तनहुँबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य, जिल्ला सभापति, पार्टीका अन्य नेतासँग यसबारेमा आफूले कुरा गरिसकेको बताउँदै वरिष्ठ नेता पौडेलले भन्नुभयो, “यसबारेमा सबै नेतासँग समझदारी भइसकेको छ, त्यसलाई केही समयपछि औपचारिक रूप दिन्छौँ ।”
नेकपा (एकीकृत समाजवादी) पार्टीले तनहुँ–१ दावी गरेको विषयलाई कसरी लिनुभएको छ भन्ने प्रश्नमा वरिष्ठ नेता पौडेलले आफू स्वयं यहाँबाट चुनाव लड्ने भएपछि उहाँहरुको दावी नलाग्ने प्रष्ट पार्नुभयो । “वर्तमान गठबन्धनको सूत्रधार नै म हो । म आफैँ लड्ने भएपछि उहाँहरुको दावी लाग्दैन”, पौडेलले भन्नुभयो, “उक्त पार्टीका उम्मेदवारले नै वरिष्ठ नेता पौडेल चुनाव लड्छु भनिसक्नुभएकाले मेरो केही लाग्दैन, मलाई अर्को व्यवस्था गरिदिनुस् भनेर माधव नेपाल र मसँग भनिसक्नुभएको छ ।”
पौडेलले फरक प्रसङ्गमा पृथ्वीराजमार्ग विस्तारका क्रममा व्यास-१२ घाँसीकुवामा रहेको घाँसीकुवा पार्क र कुवालाई संरक्षण गर्नका लागि पहल गरेको बताउनुभयो । राजमार्ग विस्तारका क्रममा घाँसीकुवा पार्क र कुवा मासिने भएपछि स्थानीयवासीले यसको संरक्षणका लागि पहल गरिदिन आफूलाई आग्रह गरेको भन्दै उहाँले सम्बन्धित निकायमा यस विषयमा कुरा भइसकेको बताउनुभयो । “पार्कलाई थप विस्तार गरेर घाँसीको ठूलो मूर्ति बनाउनुपर्छ, पार्क र कुवालाई सुरक्षित राखेर कुनापट्टि भित्ता फोरेर राजमार्ग विस्तार गर्नुपर्छ भनेर भनेको छु”, उहाँले भन्नुभयो ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

