पोखरामा नेपाल उत्पीडित जातीय मुक्ति समाज गण्डकीको सम्मेलन

पाेखरा | भदौ ४, २०७९

पोखरामा नेपाल उत्पीडित जातीय मुक्ति समाज गण्डकीको सम्मेलन


पोखरा । नेपाल उत्पीडित जातीय मुक्ति समाज गण्डकी प्रदेशले प्रथम गण्डकी सम्मेलन पोखरामा गरेको छ । 

 

आज(शनिबार) मुक्ति समाजले पोखरा ४ गैह्रापाटनस्थित उद्योग वाणिज्यसंघको सभाहलमा सो सम्मेलन सम्पन्न गरेको हो ।

 


सो सम्मेलनको  कार्यक्रम उद्घाटन नेकपा एमालेका सचिव तथा गण्डकी इन्चार्ज पद्यमा आर्यालले गरिन् । सो अवसरमा बोल्दै उनले अधिकारका लागि दलित समुदाय एकजुट हुनुपर्ने धारणा राखिन् ।  

 

यसैगरि नेपाल मुक्ति समाजका सचिव तथा नेकपा एमाले गण्डकी प्रदेश सचिवालय सदस्य धनबहादुर नेपालीले उत्पीडित तथा दलित समुदायहरु स्वतन्त्रपूर्वक बाँच्नु पाउँनुपर्ने बताए । ‘उत्पीडित दलित समुदाय स्वतन्त्रता पुर्वक बाच्न पाउनुपर्छ र  राष्ट्रिय नीतिमा भएका भेदभाव तथा छुवाछुत व्यवहारबाटै अन्त्य गरिनु पर्छ ।’ उनले भने । 


समाजको छैठौँ राष्ट्रिय सम्मेलन काठमाडौंमा गरिएको बताउदै प्रदेश स्तरको प्रथम सम्मेलन पोखरामा आयोजना गरिएको नेपाल उत्पीडित जातीय मुक्ति समाजका  सह सचिव प्रेम विश्वकर्माले बताए । 

 

यसैगरी नेकपा एमालेका पार्टी महानगर कमिटी सदस्य रामचन्द्र नेपालीको संयोजकमा ३० जनाको स्वयम सेवक टाली निर्माण गरि कार्यक्रममा सहजता प्रदान गरिएको छ । 

 


उक्त सम्मेलनपश्चात नयाँ कार्यसमिति चयन गर्ने बताइएको छ ।

काठमाडौं:  नेकपा एमालेको जारी ११ औं महाधिवेशनमा सोमबार बिहान ८ बजेबाट भृकुटी मण्डपमा सुरु हुँदैछ । पार्टीको निर्वाचन आयोगले आइतबार साँझ प्रकाशन गरेको मतदाताको अन्तिम नामावलीमा अहिले बिहान ९ बजेसम्म ...

थप पढ्नुहोस्

पाल्पा:   शुक्रबार बिहान पाल्पाको निस्दी गाउँपालिका–४ चिउरीबासमा भएको जिप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ। दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो भने उपचारका क्रममा शनिनबार थ...

थप पढ्नुहोस्

भक्तपुर:  नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन शनिबार भक्तपुरको सल्लाघारस्थित मैदानमा भव्य रुपमा  भएको छ ।  देशैभरबाट आएका एमालेका नेता तथा कार्यकर्ता एवम् शुभ...

थप पढ्नुहोस्