स्पाइनलकर्ड इञ्जुरी भएकाहरुको बास्केटबल प्रतियोगिता
काठमाडाैं | भदौ ५, २०७९
तस्बिर साभार
काठमाडौँ । काठमाडौँस्थित नेपाल स्पाइनलकर्ड इञ्जुरी खेलकुद सङ्घले काभ्रेपलाञ्चोकको बनेपामा पहिलो पटक आयोजना गरेको बास्केटबल प्रतियोगितामा महिलातर्फ सेतो र पुरुष समूहतर्फ पहेँलो समूह प्रथम भएका छन् ।
स्पाइनल कर्ड इञ्जुरी भएकालाई आत्मनिर्भर र दक्ष बनाउनाका साथै अपाङ्गतासम्बन्धी जनचेतना फैलाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
प्रतियोगितामा महिलातर्फ पहेँलो समूह दोस्रो भएको छ भने पुरुषतर्फ सेतो समूह दोस्रो र रातो समूह तेस्रो भएको सङ्घले जनाएको छ । सङ्घका महासचिव दीलिप सापकोटाका अनुसार प्रतियोगितामा महिलातर्फ दूई र पुरुषतर्फका तीन गरी पाँच समूहको सहभागिता थियो ।
बनेपा नगरपालिका र रोटरी क्लब अफ धुलिखेलको सहयोगमा भएको प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुने समूहलाई नेपाल–भुटान रोटरी ह्विलचियर वितरण समितिका अध्यक्ष अशोक श्रेष्ठले क्रमशः रु दश हजार, रु नौ हजार र रु आठ हजारका दरले पुरस्कार वितरण गर्नुभएको थियो ।
प्रतियोगिता शुभारम्भ गर्दै बनेपा नगरपालिकाकी उपप्रमुख बिमला सापकोटा दाहालले अवसर पाएको खण्डमा अपाङ्गता भएका व्यक्ति पनि सपाङ्ग व्यक्तिभन्दा कम नहुने बताउनुभयो । “हामीले अवसर प्रदान गर्न सक्यौँ भने विभिन्न प्रकारका अपाङ्गता भएका व्यक्ति पनि सक्षम बन्नेछन् ।” उहाँले भन्नुभयो, “बनेपा नगरपालिकाले १८ वर्षभन्दा मुनिका अपाङ्गता भएका बालबालिकालाई अपाङ्गता पुनःस्थापना केन्द्र र नगरपालिकासँगको समन्वयमा निःशुल्क रुपमा उपचार गर्ने व्यवस्था मिलाइएको र नगरपालिकाले प्रत्येक महिनाको ६ गते अपाङ्गता परिचयपत्र वितरण गर्दै शिक्षा र स्वास्थ्यमा पनि सहयोग गर्दै आएको छ । ”
पोखरा । पोखराको फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक १० वर्षीय बालकको ज्यान गएको छ । पोखरा महानगरपालिका–१८ खपौदीका आरेस लामाको बिहीबार बिहान तालमा पौडी खेल्ने क्रममा डुबे...
पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ । मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रेस रजिस्ट्रारको का...

