नेपाल उत्पीडित जातीय मुक्ति समाज गण्डकीमा निर्मल

पाेखरा | भदौ ५, २०७९

नेपाल उत्पीडित जातीय मुक्ति समाज गण्डकीमा निर्मल

 

पोखरा ।   नेपाल उत्पीडित जातीय मुक्ति समाज गण्डकी प्रदेशको अध्यक्षमा निर्मल दियाली चयन भएका छन् ।

 

हिजो (शनिबार) पोखरामा सम्पन्न भएको गण्डकी प्रदेश स्तरीय प्रथम सम्मेलनबाट मुक्ति समाज गण्डकीको अध्यक्षमा दियाली चयन भएका हुन् । 

 

साथै सम्पन्न सम्मेलनबाट  दियालीको नेतृत्वमा ८५ सदस्यीय कार्यसमिति गठन गरिएको छ । सो समितिको प्रथम उपाध्यक्षमा डिना गोतामे,दास्रो उपध्याक्षमा होमबहादुर बिक, सचिवमा वमवहादुर बिक, प्रथम उपस–चिवमा बावुराम बिक, दास्रो उप–सचिवमा रुपा बिक र कोषाध्यक्षमा कमला सुनार रहेका छन् । 

 

त्यसैगरि सदस्यहरुमा बलबहादुर विक, खुमबहादुर किसान, खिममाया पटेल, विष्णृ बिक, रामकृष्ण रसाइली, बिरु बस्याल, विनोद कुमार बिक, रिता नेपाली, नरबहादुर बिक, अन्जन परियार, सन्त कुमारी नेपाली, भाइकाजी माइवुल, ठाकुर मगराती, आदिप नेपाली, विमला रोका, धनकुमारी सुनार लगायत ७६ जनाको सदस्यता रहेको छ । 

 

‘१२१ जना सम्मको कार्यसमिति गठन गरिनुपर्ने भएत पनि यस प्रथम सम्मेलनबाट हामिले ८५ जनाको कार्यसमिति गठन गरका छौं, दियालीले भने ‘थप कार्यसमिति कहाँबाट कसरी राख्ने त्यो हामी भुगोल हेरी निर्धारण गर्ने छौँ । 

 

दियालीले आफ्नो कार्यकालमा आफ्नो क्षमताले भ्याएसम्म ११ वटै जिल्लाका उत्पीडित जनसमुदायलाई उनीहरुको आधारभुत अधिकारको पक्षमा सधै लडिरहने समेत प्रतिबद्वता जनाएका थिए ।

काठमाडौं:  नेकपा एमालेको जारी ११ औं महाधिवेशनमा सोमबार बिहान ८ बजेबाट भृकुटी मण्डपमा सुरु हुँदैछ । पार्टीको निर्वाचन आयोगले आइतबार साँझ प्रकाशन गरेको मतदाताको अन्तिम नामावलीमा अहिले बिहान ९ बजेसम्म ...

थप पढ्नुहोस्

पाल्पा:   शुक्रबार बिहान पाल्पाको निस्दी गाउँपालिका–४ चिउरीबासमा भएको जिप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ। दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो भने उपचारका क्रममा शनिनबार थ...

थप पढ्नुहोस्

भक्तपुर:  नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन शनिबार भक्तपुरको सल्लाघारस्थित मैदानमा भव्य रुपमा  भएको छ ।  देशैभरबाट आएका एमालेका नेता तथा कार्यकर्ता एवम् शुभ...

थप पढ्नुहोस्