तमुहरु सचेत एवम् नेतृत्व तहमा पुग्नुपर्दछ: उपप्रमुख गुरुङ
पाेखरा | भदौ ६, २०७९
पोखरा । तमु आदिवासी जनजातिको साँस्कृतिक पुनरुत्थानको अभियान अन्र्तगत तमु समुदायमा जडिबुटिको महत्व र अन्तरपुस्ता ज्ञान हस्तास्तरण सम्बन्धी पोखरामा आयोजित दुईदिने तालिम सम्पन्न भएको छ।
राष्ट्रिय आदिवासी जनजाति महिला मञ्चद्धारा अन्तराष्ट्रिय आदिवासी महिला मञ्चको सहयोगमा पोखरा नँयाबजारस्थित चारभञ्ज्याङ तमु समाज आयोजित तालिमको समापन कार्यक्रमको प्रमुख अतिथि पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवि गुरुङले नेतृत्व तहमा नपुग्दासम्म अधिकार नपाईने बताउनुभयो। उहाले राजनीतिक चेतनाका साथै नेतृत्व विकास जरुरी छ भन्नुहुदै तमु समुदायले अहिलेसम्म पनि राज्यबाट पाउने सेवा सुविधाका बारेमा समेत अज्ञानताका कारण पछि पर्नुपरेको बताउनुभयो।
आफ्नो अधिकारका बारेमा सचेत, प्राप्त अधिकारको उपयोग, समुदायको मौलिकता एवम पहिचानलाई संरक्षणका लागि तमुहरु जागरुक रहन आग्रह गर्नुहुदै उपप्रमुख गुरुङले पोखरामा तमु भेषभुषाको संरक्षण भए पनि तमु भाषा लोप हुदै गएकाले तमु संघ संस्था समाजहरुको ध्यान जानुपर्ने बताउनुभयो। आदिवासी जनजाति तमुहरुको छुट्टै पहिचान, मौलिकता संरक्षण गर्न तमु समाजहरु गठन भई क्रियाशिल रहनु अति नै सह्रानिय भएको बताउनुभयो। तमु जातिको परापुर्वको ज्ञान सिप पुस्ता हस्तान्तरणको आवाश्यकतालाई दुईदिने कार्यक्रमले झकझकाएको र सहभागीहरुले प्राप्त ज्ञानको विस्तारमा जोड दिनुपर्ने उहाँको भनाई थियो। आगामी दिनमा यस्ता महत्वका कार्यक्रमहरुका लागि पोखरा महानगरपालिकाले सहयोग गर्ने बताउनुहुदै उहाँले पोखरा महानगरपालिकाले शैक्षिक सहजता कार्यक्रम, कानुनी सचेतना कार्यक्रम, महिलाका अधिकार संरक्षणका कार्यक्रमहरु समेत रहेको जानकारी दिनुभयो।
कार्यक्रममा तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले तमु जातिको परम्परागत मौलिक ज्ञान सिप पुस्तालाई हस्तान्तरण कार्यक्रमले नयाँ सन्देश दिएको बताउनुभयो। उहाँले समुदायका मौलिक पहिचानलाई संरक्षण गर्न युवा पुस्ताले सोंच बताउनुपर्ने भन्नुहुदै तालिममा प्राप्त ज्ञानलाई घर परिवार, साथीहरु बिचमा सन्देसको रुपमा पुर्याउन आग्रह गर्नुभयो।
कार्यक्रमको संचालन कार्यक्रमको संयोजक बिन्ती गुरुङले गर्नुभएको थियो भने राष्ट्रिय आदिवासी जनजाति महिला मञ्चका गण्डकी प्रदेश संयोजक माया गुरुङले व्यवस्थापन गर्नुभएको थियो।
समापन कार्यक्रम अघि तालिममा सहभागीहरुले तमु धिं नेपाल र तमु धिं नेपालमा हालै शुरु गरिएको गुरुङ संग्रहालयको अवलोकन गरेका थिए भने तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले तमु धिं नेपालको स्थापना, उद्धेश्य, गरिरहेको गतिविधी, गुरुङ संग्रहालयका बारेमा जानकारी गराउनुभएको थियो।
तमु समुदायमा जडिबुटिको महत्व र अन्तरपुस्ता ज्ञान हस्तास्तरण सम्बन्धी कार्यक्रम आयोजना गरिएकोमा कास्की, स्याङ्जा, तनहु, लमजुङ, गोर्खा, पर्वत लगायतको जिल्लाबाट तमु किशोरीहरुको तालिममा सहभागिता रहेको थियो।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

