तमु कलाकार संघ गण्डकीको नवनिर्वाचित समितिलाई लामा अमृत फाउण्डेशनको सम्मान
पाेखरा | भदौ ६, २०७९
कास्की तमु कलाकार संघ गण्डकीका नवनिर्वाचित समितिलाई लामा अमृत फाउण्डेशन घान्द्रुकले सम्मान गरेको छ ।
तमु(गुरुङ)कलाकार संघ नेपाल गण्डकी प्रदेश समितिको पाचौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनले सुरेन्द्र गुरुङको अध्यक्षतामा नवनिर्वाचित समितिलाई फाउण्डेशनले सोमबार एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको हो ।
सो अवसरमा बोल्दै प्रमुख अतिथिसमेत रहेका तमु धि नेपालका अध्यक्ष हुम बहादुर गुरुङले तमु कलाकार समुहले गुरुङ जातिको लोप उन्मुख संस्कृति जर्गेना गर्न ध्यान दिन आग्रह गरे ।
“समिति समितिमा सिमित भएर हुदैन् गुरुङ जातिको संस्कृति जर्गेनामा विशेष ध्यान दिनुपर्दछ । युवाले संस्कृति संरक्षणमा ध्यान दिन आवश्यक छ ।” उनले भने
यसैगरि नवनिर्वाचित अध्यक्ष सुरेन्द्र गुरुङले सम्मान ग्रहण गर्दै पहिलो कार्यकालमा संस्थामा नकारात्मक टिप्पणी भए पनि अहिले यसमा गुरुङ जातिको संस्कृति संरक्षण संघले महत्वपुर्ण योगदान गरेको भन्दै नकारात्मक टिप्पणीलाई चिर्न सफल रहेको बताए ।
‘जातिय कलाकार संघ गठन गरेर जातीय संगठन बनाएको भन्दै नकारात्मक टिप्पणी गरे, अध्यक्ष गुरुङले भने, ‘नितान्त सस्कृति संरक्षण र गुरुङ कलाकारहरुको कला प्रस्तुतीमा हामीले काम गरेकाले नकारात्मक टिप्पणी चिर्न सफल छौँ ।’
उनले युवा विदेशी पलायन हुुने अवस्थालाई कलाकारिताले यसलाई परिवर्तनको स्वरुप दिएको बताउदै त्लुुकेर रहेका प्रतिभालाई प्रस्फुुटन गर्न संघले महत्वपुुर्ण भुमिका निर्वाह गरेको उनले बताए ।
यसैगरि लामा अमृत फाउण्डेशनका अध्यक्ष अमृत गुरुङले कलाकारहरुले संस्कृति संरक्षणसँगै समाजसेवामा पनि कलाकारको महत्वपुर्ण भुमिका रहेको बताए ।
“संस्कृति संरक्षणमा कलाकारको भुमिका छ नै संस्कृति संरक्षणसँगै समाजसेवामा पनि कलाकारको भुमिकाको कदर कर्दै सम्मान कार्यक्रम गरेका हौँ ।” फाउण्डेशनका अध्यक्ष गुुरुङले भने,
तमु(गुरुङ)कलाकार संघ नेपाल गण्डकी प्रदेश समितिको पाचौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनले पुनः सुरेन्द्र गुरुङको अध्यक्षतामा सर्वसम्मत २७ सदस्यीय कार्यसमिति चयन गरेको थियो ।
पोखरा ९ नयाँबजारस्थित तमु धिं नेपालमा सम्पन्न अधिवेशनले वरिष्ठ उपाध्यक्षमा माया गुरुङ(तनहुँ), उपाध्यक्षमा बिक्रम गुरुङ(स्याङ्जा), महिला उपाध्यक्षमा इन्द्रा गुरुङ(पर्वत), महासचिवमा टसबहादुर गुरुङ(लमजुङ),नेत्र गुरुङ(स्याङ्जा), महिला सचिवमा ज्योति गुरुङ(बाग्लुङ), सहसचिवमा डबिन गुरुङ(पर्वत), कोषाध्यक्षमा सबिना गुरुङ(कास्की) र सहकोषाध्यक्षमा दिलु गुरुङ(स्याङजा) चयन भएका थिए ।
यसैगरी विदेश विभाग प्रमुखमा गौरी गुरुङ,साँस्कृतिक विभाग प्रमुखमा सबिन गुरुङ(लमजुङ), अतिरिक्त विभाग प्रमुखमा ओम गुरुङ(स्याङजा),महिला विभाग प्रमुखमा रबिना गुरुङ र सचिवालय सदस्यहरुमा पुजा गुरुङ(लमजुङ), रामप्रसाद गुरुङ(स्याङजा), मिना गुरुङ(गोर्खा) चयन हुनुभएको छ । सदस्यहरुमा रनु गुरुङ(गोर्खा), संगिता गुरुङ(लमजुङ), ममता गुरुङ(स्याङजा), सिता गुरुङ(तनहुँ), धनप्रसाद गुरुङ(तनहुँ), युमिन्द्र गुरुङ युबिन(स्याङजा), काजी गुरुङ(स्याङजा), सुनिमा गुरुङ(गोर्खा) र रोशन गुरुङ(स्याङजा) चयन भएका थिए । सो कार्यसमिति लगायत पोखरा २० का वडा सदस्य उत्तम गुरुङ, तमु धि नेपालका अध्यक्ष हुम बहादुर गुरुङ, फोजिन गण्डकीको अध्यक्ष रुद्र श्रीसमगर, समाजसेवी बिनोद गुरुङ, नेपाली कांग्रेस अन्नपूर्ण ११ का सभापति विशाल गुरुङ, समाजसेवी तथा युवा व्यवसायी विष्णु गुरुङ लगायतलाई खादाद्वारा सम्मान गरिएको थियो ।
काठमाडौं: सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ। मङ्गलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पत्रकार सम्मेलन गर्नुहुँदै मन्त्रिपरिषद् बैठ...
काठमाडौं: नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तर्गत पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यान्वयन ईकाइ प्रमुख बिनेश मुनंकर्मीविरुद्ध दुई करोड ५० लाख ३४ हजार ५१७ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको ...
पोखरा: यसपालीको पोखरा सडक महोत्सव विशेष हुने भएको छ । किनकी रेष्टुरेण्ट एण्ड बार एशोसियसन नेपाल (रेवान) पोखराको आयोजनामा पोखराको लेकसाईड क्षेत्रमा हुने पोखरा सडक महोत्सवमा यस वर्ष हिट्स अफ नाईन्टिज गुञ्...

