वात्स्यायन वृद्धाश्रममा नितिमाको जन्मोत्सव
पाेखरा | भदौ ७, २०७९
पोखरा महानगरपालिका १ बगर भिमकाली पाटनकी नितिमा श्रेत्रीले आफ्नो पहिलो बसन्त पुरा गरेको अवसरमा पोखरा १४ छिनेडाँडास्थित वात्स्यायन वृद्धाश्रममा जन्मोत्सव मनाएकी छिन् ।
माता प्रतिमा लिम्बु र पिता निर्मल श्रेत्रीको सुपुत्री नितिमाले आफ्नो पहिलो जन्मोत्सव वृद्धाश्रममा रहेका आमाबुवाहरुसँग केक काटेर मनाएकी हुन् । नितिमाले सो अवसरमा वृद्धाश्रममा आश्रित २० जनालाई जनही ५ सयसहित फलफुल र खाद्यान्नका समाग्रीसमेत सहयोग गरेकी थिइन् ।
जन्मोत्सवमा खर्च गर्नुको सट्टा वृद्धाश्रममा रहेका वृद्ध वृद्धाहरुलाई सहयोग गरेर मनाउँदा शान्ति मिल्ने बताउदै नितिमाको बुवाले छोरीको जन्मोत्सव मनाउन वृद्धाश्रम पुगेको बताए । ‘यो छोरीको पहिलो वर्थ डे हो । खासमा भोज गरेर खर्च गर्नुभन्दा वृद्धाश्रममा केही सहयोग गरौं भन्ने सोचेर यहाँ आएका हौं, उनले भने, ‘धेरै सहयोग गर्न नसकेपछि हामीलाई शान्ति मिल्ने गरि सहयोग गरेका छौं । आगामी दिनमा पनि सहयोग लिएर आउनेछौं ।’
यसैगरि नितिमाकी आमा प्रतिमा लिम्बुले कसैलाई मागेर नभई दिएर खुशी मिल्ने बताइन् । ‘जिन्दगीमा जति दुख गरेपनि अन्त्यमा खोजी खुशीकै हुन्छ, उनले भनिन्, ‘त्यसैले छोरीको जन्मोत्सवमा वृद्धाश्रममा रहनुभएको बुवा आमहरुबाट आशिर्वाद लिन भनेर आएका हौं । धेरै दिन नसकेपनि हामीले मनबाटै सहयोग गरेका छौं ।’
नितिमाकी आमा प्रतिमा लिम्बु र बुवा निर्मल क्षेत्रीले यसअघि पनि विभिन्न अवसरमा असहाय व्यक्तिहरुलाई सहयोग गर्दै आएका छन् ।
संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ। सोमबार अपराह्न १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्...
पोखरा — कास्कीको अन्नपूर्ण गाउँपालिका–३ धारापानीबाट प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा अन्नपूर्ण गाउँपालिका–३ धारापानी बस्ने २७ वर्षीय सन्देश परिया...
सरकारले साउन १ गतेदेखि लागू गरेको विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम सुरु भएको छ। पूर्वाधार विकास मन्त्रालयअन्तर्गत...

