नागरिकता विधेयकबारे गलत ढङ्गले प्रचार गरियो : अध्यक्ष दाहाल
काठमाडाैं | भदौ ८, २०७९

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिकता विधेयकबारे गलत ढङ्गले प्रचार गरिएको बताउनुभएको छ । यहाँ आज पत्रकारहरूसँग कुरा गर्दै उहाँले नागरिकता विधेयकलाई गलत ढङ्गले र गलत उद्देश्यका निम्ति प्रचार गरिएको बताउनुभयो ।
नागरिकता विधेयक अहिले राष्ट्रियसभामा रहेको र त्यहाँबाट पारित भएपछि राष्ट्रपतिकहाँ जाने उल्लेख गर्दै अध्यक्ष दाहालले भन्नुभयो, “अहिलेको विधेयकमा आमाबावु दुवै नेपाली नागरिक भएकाको छोराछोरीले नागरिकता पाउने कुरा मात्रै हो ।” झण्डै छ/सात लाख नेपाली आमाबावु दुवै नेपाली हुँदाहुँदै पनि नागरिकताबाट बञ्चित रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “आमाबाबु दुवै नेपाली छन्, तिनका छोराछोरीले नागरिकता नपाएर अवसरबाट बञ्चित छन् । त्यो स्थिति अन्त्य गर्ने यो विधयेक हो ।”
पोखरा: पोखरा घुम्न आएकी बुटवलकी युवतीको होटलको छतबाट खसेर गएराति मृत्यु भएको छ । पोखरा महानगरपालिका–६ जरेबरस्थित होटल रुद्राक्षको पाचौं तलाबाट खसेर गम्भिर घाइते भएकी युवतीको उपचारक...
बागलुङ: बागलुङमा शुक्रबार साँझ भएको जीप दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ । दुई जनाको उपचारको क्रममा बुर्तिवाङ अस्पतालमा र एक जनाको मणिपाल अस्पताल र एक जनाको पोखरामा उपचारका...
काठमाडौं: हाल कोशी, मधेश, बागमती, गण्डकी प्रदेशका केही भू–भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भू–भागमा मनसुनी वायुको प्रभाव रहेको छ । साथै देशको पश्चिम भू–भागमा पश्चिमी वायु...