रोट्रयाक्ट क्लब अफ पोखरा फिस्टेलको निशुल्क स्वास्थ्य शिविर सम्पन्न
पाेखरा | भदौ १२, २०७९
पोखरा । रोट्रयाक्ट क्लब अफ पोखरा फिस्टेलको आयोजनामा निशुल्क स्वास्थ्य परिक्षण तथा परामर्श कार्यक्रम सम्पन्न भएको छ ।
‘कुशे औँसी र हरितालिका तीजको अवसरमा पश्चिमाञ्चल डाइग्नोस्टिक एण्ड रिसर्च सेन्टर प्रालिको सहकार्यमा शनिबार निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो ।
क्लबको अध्यक्ष डिम्पल क्षेत्रीले सो शिविरमा ६० बढी अभिभावकले शिविरबाट लाभ लिएको जानकारी दिइन् । उनका अनुसार सो शिविरमा क्लबमा आवद्ध कर्मचारीहरुको अभिभावकहरुको स्वास्थ्य परिक्षण गरिएको थियो ।
उनले अभिभावकहरुको रक्तचाप, सुगर तथा छाला सम्बन्धि जाँच गरिएको बताइन् । ‘विशेषत हामिले रोट्रयाक्ट क्लबसँग आबद्ध कर्मचारीहरुको अभिभावकहरुलाई प्राथमिकतामा राखेर निशुल्क स्वास्थ्य परिक्षण गरेका हौं, उनले भनिन्, ‘यसको लागि हामीलालाई प्राविधिक रुपमा डाइग्नोस्टिक रिसर्च सेन्टरले सहयोग गरेको थियो ।’
विगत सन् २००७ सालमा स्थापना भएको सो क्लबले विभिन्न सामाजिक कार्यहरु गर्दै आएको बताउदै विभिन्न अस्पतालहरुको समन्वयमा निशुल्क स्वास्थ्य परिक्षण कार्यक्रम सम्पन्न गरिसकेको समेत जानकारी दिएकी थिइन् ।
‘स्वास्थ्य सेवाबाट बञ्चित भएका बालबालिका तथा अभिभावकहरुको निशुल्क रुपमा स्वास्थ्य परिक्षण गरि उपचार गरिने पश्चिमाञ्चल डाइग्नोस्टिकका अध्यक्ष पुरुषेत्तम सुवेदीले बताए ।’ उनले भने, ‘आज हामि पोखरा फिस्टेलसँग सम्बन्धित रहेर उहाँहरुको अभिभावकहरुको निशुल्क स्वास्थ्य परिक्षण गरिरहेका छौँ ।’
यस पश्चिमाञ्चल डाइग्नोस्टिक एण्ड रिसर्च सेन्टर प्रालीले बाझोपना, थाइराइड, हेपाटाइटिस, बाथरोग, मधुमेह, कलेजो, मृगौला, मुटुरोग तथा रगत, दिशा, पिसाब, खकार, विर्यसम्बन्धि जाँच तथा भिडियो एक्सरेको माध्यमद्वारा सेवा प्रदान गर्दै आइरहेको छ ।


काठमाडौं: सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ। मङ्गलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पत्रकार सम्मेलन गर्नुहुँदै मन्त्रिपरिषद् बैठ...
काठमाडौं: नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तर्गत पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यान्वयन ईकाइ प्रमुख बिनेश मुनंकर्मीविरुद्ध दुई करोड ५० लाख ३४ हजार ५१७ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको ...
पोखरा: यसपालीको पोखरा सडक महोत्सव विशेष हुने भएको छ । किनकी रेष्टुरेण्ट एण्ड बार एशोसियसन नेपाल (रेवान) पोखराको आयोजनामा पोखराको लेकसाईड क्षेत्रमा हुने पोखरा सडक महोत्सवमा यस वर्ष हिट्स अफ नाईन्टिज गुञ्...

