अर्जुन पोखरेल प्यानललाई नव आदर्शको साथ

पाेखरा | भदौ १३, २०७९

अर्जुन पोखरेल प्यानललाई नव आदर्शको साथ

 


पोखरा । पोखरा उद्योग वाणिज्य संघको ३४ औं अधिवेशनमा चुनावी मैदानमा होमिएको अर्जुन पोखरेल प्यानललाई नव आदर्श सामुदायिक विकास समाजले सहयोग गर्ने भएको छ ।

 

घरदैलो कार्यक्रम अन्तर्गत समाजको आयोजनामा चलिरहेको लामाचौर तीज मेलामा पुगेको पोखरेल प्यानल टिमलाई सहयोग गर्ने जनाएको हो । पोखरेलको प्यानललाई जिताउन नव आदर्शबाट हुने सहयोगमा कुनै कन्ज्यूसाई नगर्ने समाजका अध्यक्ष रेश्मा शेरचन अधिकारीले जानकारी दिईन् । ‘यो प्यानललाई जिताउन हामीले हाम्रो संस्थाले सक्दो सहयोग गर्नेछौं,’ उनले भने, ‘हाम्रो समाजमा आवद्ध उद्योग वाणिज्यका सदस्यहरुलाई सहयोगका लागि भन्नेछौं ।’

 

समाजका पूर्वअध्यक्ष नविन भण्डारीले आफूहरुको आयोजनामा मेला भईरहेकाले सँगसँगै हिड्न नसकेपनि नैतिक रुपमा समर्थन रहने बताए । निर्वाचनमा आफूहरुले साथ दिएजस्तै जितिसकेपछि पनि लामाचौरका उद्योगी व्यावसायीहरुको समस्यामा साथै रहन उनको आग्रह थियो । लामाचौर क्षेत्रमा ट्रान्सपोर्टको समस्या रहेको उनले सनाए । साथै पछि मनोनीत सदस्य राख्ने बेलमा भेग हेरेर राख्न उनको सुझाव थियो । 

 

लामाचौर र बाटुलेचौरको घरदैलो कार्यक्रम सकेर टोली पोखरा ट्रेड मल पुगेको थियो । मलका प्रवन्ध निर्देशक मिनराज काफ्लेले पोखरा उद्योग वाणिज्य संघको समस्या सम्बन्धीत ठाउँमा निर्धक्क राख्न सक्ने खुबी भएका पोखरेल प्यानलमा रहेको बताए । यसले गर्दा उद्योगी व्यावसायीको समस्या छिटो समाधान हुन सक्ने उनको आंकलन थियो । नयाँ र पुराना पुस्तालाई समेट्दै जानस सक्ने खुवी पनि पोखरेल प्यानलमा देखेको उनले बताए । दैनिक जीवनमा आइपर्ने समस्यालाई नीतिगत रुपमै समाधान गर्ने गरी कर प्रणालीमा सुधार गर्दै संस्था चलाउनुपर्ने उनको सुझाव थियो ।

 

पोखरा ट्रेड मलको चुनावी कार्यक्रम सकेर पोखरेलको प्यानल सिमपानी, हरिचोक, ट्याक्सीचोक, हनुमान गल्लि पुगेको थियो । सबै ठाउँका मतदाताले युवाको नेतृत्वमा सबै उमेर समुहलाई समेटेको परिपक्व टिम भएकाले जित्ने निश्चित रहेको प्रतिक्रिया दिएका थिए । 

 

सभेन स्टार स्काई इन्टरनेशल प्रालिका निर्देशक पोखरेलको टिम सक्षम रहेको प्रतिक्रिया दिए । ‘यो टिममा नयाँ तथा पुराना सक्षम व्याक्तिहरु छन्,’ उनले भने, ‘सबै भोटका कुरा हुन् तर सक्षम मतदाताहरुले सक्षम व्याक्तिहरुलाई रोज्छन भन्नेमा ढुक्क छु ।’

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्