नेपाल विद्यालय कर्मचारी परिषदले गर्यो विद्यालय बन्दका कार्यक्रम स्थगित
काठमाडाैं | भदौ १४, २०७९
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वार्तामा बोलाएपछि आन्दोलनरत नेपाल विद्यालय कर्मचारी परिषदले विद्यालय बन्दका कार्यक्रम स्थगित गरेको छ।
सोमबार बैठक गरेर परिषदले विद्यालय बन्दका कार्यक्रम स्थगित गरेको हो। मन्त्रालयले यही भदौ १२ गते परिषदलाई वार्तामा आउन आग्रह गरेको थियो।
भदौ १२ देखि परिषदले देशैभरका सामुदायिक विद्यालयमा तालाबन्दी गर्दै पठनपाठन हुन दिएको थिएन। परिषदले बन्दका कार्यक्रम स्थगित गरेपछि आजदेखि विद्यालयमा पुनस् पढाइ सञ्चालन हुनेछन्।
विद्यालय बन्दका कार्यक्रम तत्कालका लागि स्थगित गरिएको आन्दोलन परिचालन समितिका संयोजक बब्बनकुमार मिश्र, महासचिव शान्तिनाथ योगी र अध्यक्ष गंगाराम तिवारीले संयुक्त रूपमा जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
विद्यालय कर्मचारीले पारिश्रमिक वृद्धिलगायत विभिन्न सेवा सुविधाका माग राखेर भदौ १ गतेदेखि चरणवद्ध आन्दोलन गर्दै आएका छन्।
पोखरा: बागलुङको ताराखोला गाउँपालिका–१ भुस्कातमा तमु समुदायको मुख्य पर्व ल्होछार/ल्होसार पर्व विविध कार्यक्रमका साथ मनाइने भएको छ । तमु ह्युल छोँज धी (गुरुङ राष्ट्रिय परिषद्) ताराखो...
काठमाडौं: नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य हालसम्मकै उच्च भएको छ । आज तीन हजार चार सयले बढेर सुन प्रतितोला दुई लाख ६१ हजार सात सय रुपियाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले ...
काठमाडौं: नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीले १५औँ महाधिवेशन सम्पन्न गरेर निर्वाचनमा भाग लिनुपर्ने बताउनुभएको छ । काठमाडौँ क्षेत्र नं ६ का पार्टीका कार्यकर्ता तथा मतदातालाई सम्...

