सीमा क्षेत्रमा स्वदेश फर्किनेको भीड

काठमाडाैं | भदौ १५, २०७९

सीमा क्षेत्रमा स्वदेश फर्किनेको भीड तस्बिर साभार

 

काठमाडौं । सुदूरपश्चिमेलीहरुको मुख्य पर्व गौरा नजिकिएसँगै भारतीय सीमा नाकाबाट स्वदेश फर्किनेको भीड बढेको छ । यस प्रदेशका पहाडी क्षेत्रको मुख्य नाकाका रुपमा रहेको झुलाघाटबाट स्वदेश फर्किनेको सङ्ख्यामा वृद्धि भएको हो ।  

 

    हाल दैनिक यो नाका भएर सयौं स्वदेश भित्रिरहेका सीमा प्रहरी चौकी झुलाघाटका वरिष्ठ हवल्दार डम्बरसिंह कार्कीले जानकारी दिनुभयो । अन्य समयमा खासै चहलपहल नहुने यस नाकामा गौरा नजिकिएसँगै भीड बढेको छ ।  उहाँले भन्नुभयो, “अन्य समय खासै चहलपहल नहुने भए पनि गौरा नजिकिएसँगै भीडभाड बढेको छ, सीमा क्षेत्रका नेपाली नागरिक किनमेलका लागि पनि भारतको झुलाघाट जाने भएकाले पनि थप चहलपहल बढेको छ ।” 

    

रोजगारीका लागि भारतका विभिन्न सहरमा रहेका नेपाली अहिले  गौरा पर्व मनाउन घर फर्किरहेका हुन् । स्वदेश फर्किनेमा बैतडी, बझाङ, डडेल्धुरा, बाजुरा, अछाम, डोटीलगायत मुगु र हुम्लाका नागरिक रहेका छन् । घर परिवार पाल्नका लागि भारतको विभिन्न सहरमा रोजगारी गर्ने नेपाली अहिले गौरा पर्व मनाउन घर  फर्किरहेका छन् । भारतको पिथौरागढ, बरेली, देहरादुन, नयाँ दिल्ली, राजस्थान, हरिद्वारलगायत विभिन्न सहरमा यहाँका नागरिक कामका लागि जाने गरेका छन् ।  

पोखरा:  कास्कीको सराङकोटमा स्थापना भएको ५१ फिट अग्लो पन्चमुखि गणेशको पुजा आराधनाको लागि केवलकारबाट आउन जान नेपाली तथा भारतीय पर्यटकहरुलाई साविक भाडा दरमा ५० प्रतिशत छुट कायम गरिएको छ ।  बु...

थप पढ्नुहोस्

तनहुँः  देवघाट गाउँपालिका-५ बुद्धचोकस्थित त्रिशूली नदीमा पौडी खेल्ने क्रममा एक बालक  बेपत्ता भएका छन् ।  उनीसँगै पौडी खेल्न गएका एक बालकको सकुशल उद्धार गरिएको छ । जिल्ला प्रहरी कार्यालयका अ...

थप पढ्नुहोस्

पर्सा:  वीरगञ्ज महानगरमा सोमबारसम्म हैजाबाट सङ्क्रमित हुनेको सङ्ख्या ९३ पुगेको छ । महानगरमा हैजा रोकथाम र नियन्त्रणका लागि तीनवटै सरकारले अधिकतम प्रयास जारी राखे पनि हैजा सङ्क्रमतिको सङ्ख्या घटेको छैन । ...

थप पढ्नुहोस्