बिहिबारदेखि गण्डकी प्रदेशस्तरीय छनोट प्रतियोगिता, ३ हजार २ सय २३ जनाको सहभागिता

कुन जिल्लाबाट कति खेलाडी ?

पाेखरा | भदौ १५, २०७९

बिहिबारदेखि गण्डकी प्रदेशस्तरीय छनोट प्रतियोगिता, ३ हजार २ सय २३ जनाको सहभागिता तस्बिर : सुदर्शन रञ्जित

कास्की:   ३९ वर्षपछि गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि गण्डकी प्रदेशस्तरीय छनोट प्रतियोगिता भोली (बिहिबार) देखि सुरु हुने भएको छ ।

 

युवा तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेशले आज (बुधबार) पत्रकार सम्मेलनको आयोजना गर्दै छनोट चरणको प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो ।

 

प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव तेज गुरुङले पोखरामा १६ देखि १८ गतेसम्म गण्डकी प्रदेशको छनोट चरणको प्रतियोगिता हुने बताए । उनका अनुसार सो प्रतियोगितामा गण्डकी प्रदेशको ११ जिल्लाबाट खेलाडी, प्रशिक्षक तथा व्यवस्थापक गरि कुल ३ हजार २ सय २३ जनाले सहभागिता जनाउनेछन् ।

 

तर नवौं राष्ट्रिय खेलकुदका लागि भने गण्डकी प्रदेशबाट खेलाडी, प्रशिक्षक तथा व्यवस्थापक गरि कुल ७ सय ९ खेलाडी छनोट हुनेछन् । आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशको पोखरा लगायत अन्य स्थानमा हुने प्रतियोगितामा ४ सय ४ इभेन्टमा ४ सय ११ पुरुष र २ सय ९८ महिला गरि ६ सय ९ जना खेलाडीले गण्डकी प्रदेशको तर्फबाट राष्ट्रिय प्रतियोगितामा प्रतिनिधित्व गर्ने सदस्य सचिव गुरुङले बताए । 

 

उनले उक्त गण्डकी प्रदेशस्तरीय छनोट प्रतियोगितामा पदक, प्रमाणपत्र तथा ट्रफी प्रदान गरिने बताउदै हरेक जिल्लाले प्राप्त गरेको पदकका आधारमा प्रथम, द्वित्तिय र  तृतीय घोषणा गरि च्याम्पियन ट्रफी प्रदान गरिने जानकारी दिए ।  

 

कुन जिल्लाबाट कति खेलाडी ?

 

गण्डकी प्रदेशस्तरीय छनोट चरणको प्रतियोगितामा ११ जिल्लाबाट खेलाडी, प्रशिक्षक तथा व्यवस्थापक गरि कुल ३ हजार २ सय २३ जनाले सहभागिता जनाउदैछन् ।

 

 सो मध्ये सबैभन्दा बढी कास्कीबाट सहभागिता जनाउने प्रदेश खेलकुद परिषद गण्डकी प्रदेशले जनाएको छ ।

 

परिषदको तथ्याङ्क अनुसार कास्कीबाट ३५ खेलका लागि ६ सय ७३ जना, नवलपुरबाट २३ खेलमा ३ सय ७८ जना, त्यसैगरि स्याङ्जाबाट २३  खेलमा ३ सय ४७ जना, बागलुङमा १९ खेलमा ३ सय ६१, तनहुँबबट १७ खेलमा ३ सय ३  जना, गोरखाबाट १६ खेलमा २ सय ३० जना, म्याग्दीबाट १५ खेलमा २ सय ८३ जना, पर्वतबाट १४ खेलमा २ सय २३ जना, मुस्ताङबाट १३ खेलमा १ सय ६६ जना, लम्जुङबाट १२ खेलमा २ सय १३ जना र मनाङबाट ५ खेलमा ४६  जना गरि कुल ३ हजार २ सय २३ जनाले गण्डकी प्रदेशस्तरीय छनोट प्रतियोगितामा सहभागिता जनाउनेछन् ।
 

पोखरा -   नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ ।    नेपाल पत्रकार महासंघ, कास्कीले बु...

थप पढ्नुहोस्

पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।   पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...

थप पढ्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्।   चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

थप पढ्नुहोस्