बागलुङ ‘तमानखोला गाउँपालिका’को आफ्नै पालिका गान
बाग्लुङ | भदौ १८, २०७९

बागलुङ ः बागलुङको तमानखोला गाउँपालिकाले जिल्लामै पहिलोपटक आफ्नै पालिका गान बनाएको छ ।
बागलुङको सबैभन्दा दुर्गम पालिकामा रहेको तमानखोलाले पालिकाको मौलिक कला, संस्कृति र पर्यटनलाई समेटेर उक्त गान बनाएको हो ।पालिका गानको रचना खोलेस्बाङ आधारभूत विद्यालयका शिक्षिका बिलाकुमारी घर्ती मगरले गर्नुभएको गाउँपालिकाका अध्यक्ष जोकलाल बुढामगरले बताउनुभयो । गाउँपालिकाले शब्द रचनाका लागि आवेदन खुला गरेकामा सहभागी १२ मध्ये घर्तीको रचना गाउँपालिकाले छनोट गरिएको उहाँको भनाइ थियो ।
अध्यक्ष बुढामगरले पालिकाको पहिचान, कला संस्कृतिको सम्मान र पर्यटन प्रवद्र्धनका लागि पालिका गान बनाउन थालिएको बताउनुभयो । उहाँले गीतमा तमानखोला गाउँपालिकाभित्र रहेका कला, संस्कृति र पर्यटकीय ठाउँहरू समावेश भएको उक्त गीतमा स्वर र सङ्गीत भर्ने काम भइरहेको जानकारी दिनुभयो ।
“गाउँपालिकाको पहिचानका लागि हामीले पालिका गान बनाउन बनाउन लागेका हौँ, यो गीतमा हाम्रा कला संस्कृति, पर्यटकीय ठाउँलाई समेटेका छौँ, गीतले पर्यटन प्रवद्र्धन र कला संस्कृतिको संरक्षणमा टेवा पुग्ने विश्वास पनि लिएका छौँ”, अध्यक्ष बुढामगरले भन्नुभयो, “गीतलाई अझै केही परिमार्जन गर्नुपर्ने छ, सङ्गीत भर्नेलगायत काम हुँदै छ ।”गीतको भिडियो पनि निर्माण गर्ने योजना बनाएको उल्लेख गर्दै उहाँले भाषा, कला, संस्कृति र पर्यटनसँग जोडिएको गीत भएकाले सोहीअनुसारको श्रव्यदृश्य बनाइने बताउनुभयो ।
यस्तो छ पालिका गान
“तमानखोला गाउँपालिका हाम्रा पहिचान ।
सोलेडाँडा, बराहताल, नौ डल्ले हुन् सान ।।
तमान, बोङ्गा, स्याउलाखोला कलकल बग्ने पानी ।
सोरठी, मारुनी र यानीमाया संस्कृतिको खानी ।।
ढोमाई थान, भूमे थान, धर्म संस्कृति ।
परम्परा जोगाउनु छ, हटाइए विकृति ।।
एउटा गाउँलाई चोट लाग्दा अर्को गाउँलाई दुख्छ ।
मिलीजुली बस्न पाए सधैँ हाम्लाई पुग्छ ।।
कोही छैनौँ पराई हामी सबै समान ।
सबको साझा उद्देश्य छ, समुन्नत तमान ।।”
पोखरा: कास्कीको सराङकोटमा स्थापना भएको ५१ फिट अग्लो पन्चमुखि गणेशको पुजा आराधनाको लागि केवलकारबाट आउन जान नेपाली तथा भारतीय पर्यटकहरुलाई साविक भाडा दरमा ५० प्रतिशत छुट कायम गरिएको छ । बु...
तनहुँः देवघाट गाउँपालिका-५ बुद्धचोकस्थित त्रिशूली नदीमा पौडी खेल्ने क्रममा एक बालक बेपत्ता भएका छन् । उनीसँगै पौडी खेल्न गएका एक बालकको सकुशल उद्धार गरिएको छ । जिल्ला प्रहरी कार्यालयका अ...
पर्सा: वीरगञ्ज महानगरमा सोमबारसम्म हैजाबाट सङ्क्रमित हुनेको सङ्ख्या ९३ पुगेको छ । महानगरमा हैजा रोकथाम र नियन्त्रणका लागि तीनवटै सरकारले अधिकतम प्रयास जारी राखे पनि हैजा सङ्क्रमतिको सङ्ख्या घटेको छैन । ...