प्रदेश खेलकुद प्रतियोगिता: आइटिएफ तेक्वान्दोमा बागलुङ टिम च्याम्पियन

पाेखरा | भदौ १९, २०७९

प्रदेश खेलकुद प्रतियोगिता: आइटिएफ तेक्वान्दोमा बागलुङ टिम च्याम्पियन

 

पोखरा । प्रदेश खेलकुद प्रतियोगिता २०७९ अन्तर्गत बागलुङ जिल्ला टिम च्याम्पियन भएको छ ।

 

पोखरामा सम्पन्न प्रतियोगिताम बागलुङले १७ स्वर्ण, २ रजत र २ कास्य पदक प्राप्त गरी टिम च्याम्पियन भएको हो । यसै गरी तनहुँ ४ स्वर्ण, १ रजत र ३ कास्य सहित दोश्रो र स्याङजा ३ स्वर्ण, ४ रजत र ५ कास्य पदक प्राप्त गरी तेश्रो भएको छ ।

 

प्रतियोगिता अन्तर्गत महिला स्पाइरिङ ४० देखि ५९ केजी मुनीको तौलमा बागलुङका चार जना खेलाडीहरुले स्वर्ण पदक जितेका छन् । सुनिता भण्डारी, शुष्मिता थापा मगर, हिहिला अदै, पल्पसा घर्ती मगरले स्वर्ण पदक जितेका हुन् । त्यस्तै ६० देखि ६५ केजी तौल माथी कास्कीकी निकिता तामाङ र तनहुँकी सोनिका थापाले स्वर्ण पदक जिते ।

 

त्यस्तै महिला प्याट्रनतर्फ तनहुँकी मोनिका कुंवर, बागलुङकी लली कुमारी वुढा मगर, सुनिता भण्डारी, शुष्मिता थापा मगर र बसन्ती वुढा मगरले स्वर्ण पदक जितेका छन् ।

 

पुरुष स्पाइरिङतर्फ ४५ देखि ७९ केजीको विभिनन तौलमा बागलुुङका खगेन्द्र धर्ती मगर, श्रीप्रसाद वुढा मगर, प्रविन वुढा मगर, एक्सन पुन मगर, प्रकाश वुढा मगर, पञ्चविर वुढा मगर र मिथुन घर्ती मगरले स्वर्ण पदक जितेका छन् भने ८० देखि ८५ केजी तौल माथीको प्रतिष्पर्धामा तनहुँका सोम बहादुर गुरुङ र स्याङजाका राजन रसाइलीले स्वर्ण पदक जितेका छन् ।

 

पुरुष प्याट्रनतर्फ प्रतिष्पर्धामा स्याङजाका विभस घर्ती मगर र भिम बहादुर गाहाले स्वर्ण पदक हात पारेका छन् । त्यस्तै बागलुङका प्रविन वुढा र श्रीप्रसाद वुढा मगरले तथा तनहुँका गोपाल चन्दले स्वर्ण पदक जितेका छन् । 

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्