ब्राउन सुगरसहित पक्राउ परेका सानुबाबुलाई सात दिनको म्याद थप
पाेखरा | भदौ १९, २०७९
पोखरा : लागूऔषध ब्राउन सुगरसहित पक्राउ परेका सानबाबु तुलाधरलाई सात दिनको म्याद थप गरि अनुुसन्धान अघि बढाएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीले लागुऔषध मुद्धामा प्रकाउ परेका तुलाधरलाई थप अनुसन्धान गर्न कास्की जिल्ला अदालतबाट सात दिनको म्याद थप गरेको हो ।
धादिङ गल्छी गाउँपालिका वडा नं. २ स्थायी घर भइ हाल पोखरा महानगरपालिका वडा नं. १४ चाउथे बस्ने वर्ष २९ का सानुबाबु तुलाधरलाई वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले शनिबार्र लागुऔषध ब्राउन सुगरसहित पक्राउ गरेको थियो ।
उनको साथबाट लागूऔषध ब्राउन सुगर १.०१५ ग्राम सहित चाउथेको कदममार्गबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
पोखरा: बागलुङको ताराखोला गाउँपालिका–१ भुस्कातमा तमु समुदायको मुख्य पर्व ल्होछार/ल्होसार पर्व विविध कार्यक्रमका साथ मनाइने भएको छ । तमु ह्युल छोँज धी (गुरुङ राष्ट्रिय परिषद्) ताराखो...
काठमाडौं: नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य हालसम्मकै उच्च भएको छ । आज तीन हजार चार सयले बढेर सुन प्रतितोला दुई लाख ६१ हजार सात सय रुपियाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले ...
काठमाडौं: नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीले १५औँ महाधिवेशन सम्पन्न गरेर निर्वाचनमा भाग लिनुपर्ने बताउनुभएको छ । काठमाडौँ क्षेत्र नं ६ का पार्टीका कार्यकर्ता तथा मतदातालाई सम्...

