गोरखा २ मा एमालेबाट चक्रे मिलन  सिफारिस

गोरखा | भदौ १९, २०७९

गोरखा २ मा एमालेबाट चक्रे मिलन  सिफारिस

गोरखा  :   नेकपा एमालेबाट  मिलन गुरुङ (चक्रे मिलन) लाई गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभाका लागि सिफारिस भएको छ।  

 

दिनेशचन्द्र देवकोटा, मिलन गुरुङ, कोपिला कुमालको नाम सिफारिस भएको निर्वाचन क्षेत्र समन्वय कमिटि क्षेत्र नम्बर २ का अध्यक्ष देवीबहादुर बस्नेतले बताए। ‘हामीले उहाँहरुको नाम जिल्ला कमिटिमा पठाउने हो’ उनले भने।  

 

यस्तै गोरखा क्षेत्र नम्बर १ मा गण्डकी प्रदेशका पूर्व मन्त्री रामशरण बस्नेत, आरसी लामिछानेको नाम सिफारिस भएको नेकपा एमालेका जिल्ला सचिव काजिराम रोकाले बताए।

 

समानुपातीकतर्फ क्षेत्र नम्बर १ मा बिमला चेपाङ, कृष्ण नेपालीको नाम सिफारिस भएको छ। क्षेत्र नम्बर २ मा समानुपातीकतर्फ एमाले जिल्ला अध्यक्ष प्रेम गुरुङको नाम सिफारिस भएको छ।  

 

क्षेत्र नम्बर १ ‘क’ मा प्रत्यक्षतर्फ गोपाल पाण्डे, सुरेन्द्रबहादुर थापा, नानुमाया थापा, कपिल पोखरेल, बिशाल थापा, काजिराम श्रेष्ठ र देवेन्द्र श्रेष्ठ रहेका छन्। समानुपातिकतर्फ हरिचन्द्र श्रेष्ठ, पम्फा खत्री, रसिया मियाँ, काजिराम रोका, नवराज अधिकारी रहेका छन्।  

 

क्षेत्र नम्बर १ को ‘ख’ मा प्रत्यक्षतर्फ मोहन भट्टराई, आरसी लामिछाने, कृष्ण काप्री, तीर्थ नेपाली, प्रमिला खड्का रहेका छन्। समानुपातीक तर्फ सिफारिस हुनेमा सुरेशबाबु श्रेष्ठ, मीना बराम, टीकानारायण श्रेष्ठ, सन्तबहादुर गुरुङ, जीतबहादुर कुमाल, भीम सुनार, सन्तबहादुर नेपाली रहेका छन्।  

 

क्षेत्र नम्बर २ को ‘क’ मा प्रत्यक्षतर्फ राजु राना, बसन्तकुमार श्रेष्ठ, गम्भिरा बयलकोटीको नाम सिफारिस भएको छ। समानुपातीक तर्फ बसन्त गुरुङ, शान्ति चापागाई, बुद्धिबहादुर घले, बलराम थापा, टिकाराम नेपाली, बिनोदराज पन्त, महेन्द्र तिमिल्सिनालाई सिफारिस भएको छ।  

 

क्षेत्र नम्बर २ प्रदेश सभा ‘ख’ मा प्रत्यक्षतर्फ कमल दानी, बसन्त गुरुङ र समानुपातिक तर्फ जिल्ला अध्यक्ष प्रेम गुरुङको नाम सिफारिस भएको एमालेले जनाएको छ।

पोखरा -   नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ ।    नेपाल पत्रकार महासंघ, कास्कीले बु...

थप पढ्नुहोस्

पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।   पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...

थप पढ्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्।   चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

थप पढ्नुहोस्