गार्डसँगको लफडापछि मन्त्री भन्छन्ः घटनाबारे बुझेरमात्र बोलौं

काठमाडाैं | भदौ २०, २०७९

गार्डसँगको लफडापछि मन्त्री भन्छन्ः घटनाबारे बुझेरमात्र बोलौं

गरुड सेक्युरिटिजका सुरक्षागार्डले ठमेलको छायाँ सेन्टरमा पर्यटनमन्त्री जीवनराम श्रेष्ठलाई लाइनमा बस्न भनेपछि निम्तिएको लफडापश्चात् आज बिहानै मन्त्री श्रेष्ठले स्टाटस लेखेका छन् ।

 

स्टाटसमा मन्त्री श्रेष्ठले पब्लिकबाट आएको प्रतिक्रियाले ध्यानाकर्षण भएको भन्दै आफ्नो सेक्युरिटीमाथि दुव्र्यवहार भएको उल्लेख गरेका छन् । 

 

‘त्यो घटनामा लाइनमा नबसेर भएको नभई म र मेरो सेक्युरिटीमाथि दुव्र्यवहार गरिएकाले सेक्युरिटीले आफ्नो निकायमा जानकारी गराएको हो’ उनले लेखेका छन् । 

 

 

साथै, मन्त्री श्रेष्ठले घटनाबारे सत्य तथ्य बुझेरमात्र प्रतिक्रिया दिन र सबै नेता, मन्त्री खराब हुन् भन्ने भाष्य निर्माण गर्ने षडयन्त्रप्रति चनाखो हुन आग्रहसमेत गरेका छन् । 

 

पक्राउ परेका गुरुङलाई अनुसन्धानका लागि पाँच दिन थुनामा राखिने भएको छ । उनलाई अभद्र व्यवहार सम्बन्धमा जाहेरी दर्ता भएको छ ।

 

गुरुङ् हाल दरबारमार्ग प्रहरी प्रभागको थुनामा छन् । 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति पदमा अर्थमन्त्री स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्।   चितवनमा जारी पार्टीको प्रथम महाधिवेशनमा खुला पुरुषतर्फ उपसभापति पदमा उनीबाहेक अरूको उम्...

थप पढ्नुहोस्

फिफा विश्वकप २०२६ मा उपाधि दाबेदार ब्राजिलले लगातार दोेस्रो जित निकालेको छ।   तेस्रो जित निकाल्नेक्रमा उसले बिहीबार स्कटल्याण्डलाई ३–० ले हरायो।   ब्राजिलले पहिलो खेलम मोरक्कोसँग १...

थप पढ्नुहोस्

पोखरा पर्यटन परिषद्को आयोजनामा २१ औँ असारे रोपाइँ महोत्सव आगामी १४ गते हुने भएको छ ।   पोखरा महानगरपालिका ३० लेखनाथमा “पोखरा सबै मौसमका लागि” भन्ने मूल नाराका साथ कृषि पर्यटनको प्र...

थप पढ्नुहोस्