नवलपुर १ मा प्रचण्डदेखि उद्योगपति चौधरीसम्मको नाम सिफारिस

नवलपुर | भदौ २०, २०७९

नवलपुर १ मा प्रचण्डदेखि उद्योगपति चौधरीसम्मको नाम सिफारिस

नवलपुर  :  आगामी मङ्सिर ४ गतेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि पूर्वी नवलपरासीमा पनि दलहरुले उम्मेदवार सिफारिस गर्न सुरु गरेका छ्न । 

 

दुई निर्वाचन क्षेत्र भएको जिल्लामा केन्द्रीय नेतालाई दलहरुले उम्मेदवारका रुपमा आफ्ना माथिल्ला कमिटीलाई नाम सिफारिस गर्न सुरु गरेका हुन् । जिल्लाको सङ्घीय निर्वाचन क्षेत्र नं १ मा नेपाली कांग्रेसले २०६४ देखि निरन्तर निर्वाचन जितेका डा शशाङ्क कोइराला र उद्योगपति विनोद चौधरीसहित छ जनाको नाम प्रत्यक्षतर्फ सिफारिस गरेको छ । 

 

कांग्रेसबाट डा कोइराला, चौधरी, हेमराज कोइराला, गणेश सापकोटा, ओमकला गौतम र महेन्द्रभक्त अधिकारीलाई क्षेत्रिय समितिले सिफारिस गरेको सभापति अमृत भट्टचनले बताउनुभयो । त्यसैगरी नेकपा (माओवादी केन्द्र)ले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित ठाकुर चापागाईं, ईन्द्र भुसाल, षडानन्द सापकोटा र पार्वती आचार्यको नाम सिफारिस गरिएको माओवादी केन्द्रीय सदस्य एवं जिल्ला संयोजक धनप्रसाद सापकोटाले बताउनुभयो । नेकपा (एमाले)ले केन्द्रीय सदस्यद्वय कृष्ण पौडेल र रवीन्द्र अधिकारी तथा नारायणप्रसाद तिमिल्सिनाको नाम प्रत्यक्षतर्फ माथिल्लो कमिटीमा सिफारिस गरेको छ ।

 

जिल्लाको क्षेत्र नं १ मा २०४८ सालदेखि निरन्तर चुनाव जित्दै आएको कांग्रेसले चौथो पटक डा कोइरालालाई नै मैदानमा उतार्ने पक्कापक्की भएको बताइन्छ । कोइरालासँगै अर्का केन्द्रीय सदस्य एवं उद्योगपति चौधरीले क्षेत्र नं २ मा आकांक्षा देखाएको र त्यही क्षेत्रको दाबीलाई सहज बनाउन पहल भइरहेको बताइएको छ ।

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्