गुरुङको छोरा आवाज ठूलो भयो होला तर मन्त्रीलाई दुव्र्यवहार गरेको छैन: शेरजंग

काठमाडाैं | भदौ २०, २०७९

गुरुङको छोरा आवाज ठूलो भयो होला तर मन्त्रीलाई दुव्र्यवहार गरेको छैन: शेरजंग

पर्यटनमन्त्री जीवनराम श्रेष्ठमाथि ठमेलको छायाँ सेन्टरमा दुव्र्यवहार गरेको आरोपमा सुरक्षा गार्ड शेरजंग गुरुङ हाल महानगरीय प्रहरी प्रभाग दरबारमार्गको थुनामा रहेका छन् ।  

 

गुरुङ्लाई पुर्पक्षकालागि ५ दिन हिरासतमा राख्ने प्रहरीले जनाएको छ । यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले गुरुङलाई प्रहरी कार्यालयमा भेटेका छन् । 

 

भेटमा गुरुङले लाइनमा बस्न आग्रह गरेपनि दुव्र्यवहार नगरेको लामिछानेलाई बताएका छन् । भेटपछि लामिछानेले सामाजिक सञ्जालमा पोस्ट गर्दै  ‘गुरुङको छोरो आवाज अलि ठूलो भयो होला तर मैले कुनै दुव्र्यवहार गरेको छैन। मन्त्री भन्ने मलाई थाहा पनि भएन थाहा भए पनि डिउटी त गर्नै पर्यो।’ भनेको उल्लेख गरेका छन् । 

 

 

यहि भनाइलाई लिएर लामिछानेले ‘यदि उनको भनाई सत्य हो भने थुनामा राख्ने होइन, सम्मान रिहा गरियोस्’ भनेका छन् । 

 

त्यस्तै, मन्त्रीलाई कानून नमानेको अभियोगमा अनुसन्धान गर्न लामिछानेले आग्रह गरेका छन् । 

गण्डकी:   कोही पिँढी त कोही आँगनमा बसेर कुची र रङ्गसँग खेल्दै थिए । प्रकृति र जीवनका अनेक भावभङ्गीलाई उनीहरुले क्यानभासमा उतारे । आइतबार पर्वतको कुश्मास्थित शताब्दी घर कलामय बन्यो । एकै थलोमा अनुजदेखि अग्...

थप पढ्नुहोस्

काठमाडौं:   राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनका लागि उमेदवारको बन्द सूची पेस गर्दा बढीमा ११० र कम्तीमा ११ जनाको नाम सूचीकृत गर्नुपर्ने भएको छ । आगामी फागुन २१ गते प्रत...

थप पढ्नुहोस्

पोखरा:    हिमालय क्रिकेट एकेडेमी कप २०८२ यु–१६ अन्तर विद्यालय पुरुष टि–२० क्रिकेट प्रतियोगिताको उपाधि डायमण्ड सेकेण्डरी स्कुलले जितेको छ । आइतबार पोखरा रंगशालामा सम्पन्न फाइनल खेलमा डाय...

थप पढ्नुहोस्