गुरुङको छोरा आवाज ठूलो भयो होला तर मन्त्रीलाई दुव्र्यवहार गरेको छैन: शेरजंग
काठमाडाैं | भदौ २०, २०७९
पर्यटनमन्त्री जीवनराम श्रेष्ठमाथि ठमेलको छायाँ सेन्टरमा दुव्र्यवहार गरेको आरोपमा सुरक्षा गार्ड शेरजंग गुरुङ हाल महानगरीय प्रहरी प्रभाग दरबारमार्गको थुनामा रहेका छन् ।
गुरुङ्लाई पुर्पक्षकालागि ५ दिन हिरासतमा राख्ने प्रहरीले जनाएको छ । यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले गुरुङलाई प्रहरी कार्यालयमा भेटेका छन् ।
भेटमा गुरुङले लाइनमा बस्न आग्रह गरेपनि दुव्र्यवहार नगरेको लामिछानेलाई बताएका छन् । भेटपछि लामिछानेले सामाजिक सञ्जालमा पोस्ट गर्दै ‘गुरुङको छोरो आवाज अलि ठूलो भयो होला तर मैले कुनै दुव्र्यवहार गरेको छैन। मन्त्री भन्ने मलाई थाहा पनि भएन थाहा भए पनि डिउटी त गर्नै पर्यो।’ भनेको उल्लेख गरेका छन् ।

यहि भनाइलाई लिएर लामिछानेले ‘यदि उनको भनाई सत्य हो भने थुनामा राख्ने होइन, सम्मान रिहा गरियोस्’ भनेका छन् ।
त्यस्तै, मन्त्रीलाई कानून नमानेको अभियोगमा अनुसन्धान गर्न लामिछानेले आग्रह गरेका छन् ।
पोखरा । पोखराको फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक १० वर्षीय बालकको ज्यान गएको छ । पोखरा महानगरपालिका–१८ खपौदीका आरेस लामाको बिहीबार बिहान तालमा पौडी खेल्ने क्रममा डुबे...
पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ । मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रेस रजिस्ट्रारको का...

