पोखरा उद्योग वाणिज्यमा नयाँ नेतृत्व चयन गर्न मतदान हुँदै

पाेखरा | भदौ २५, २०७९

पोखरा उद्योग वाणिज्यमा नयाँ नेतृत्व चयन गर्न मतदान हुँदै पोखरा उद्योग वाणिज्य संघ गैह्रापाटनमा मतदानका दौरान सहभागी सदस्यहरु ।

पोखराः पोखरा उद्योग वाणिज्य संघमा ३४ औं महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्न मतदान जारी छ । 

 

बिहान ८ बजेदेखि सुरु भएको मतदानको समय बेलुकी ५ बजेसम्म रहेको संघले जनाएको छ । यतिबेला संघको परिसर गैह्रापाटनमा मतदाता र उम्मेदवारहरुको भीड लागेको छ । 

 

संघको नेतृत्व लिन पवन प्रजापती  र अर्जुन पोखरेलले प्यानलसहित चुनावी प्रतिष्पर्धा गरेका छन् । सुनगाभा न्यूजसँगको सटिक कुराकानीमा दुबै प्यानलका अध्यक्षले जित्ने दाबी गरेका छन् । 

 

चुनावी रणनीतिअनुसार प्रजापतिलाई वामपन्थी खेमाकोसमेत सहयोग रहेको छ भने पोखरेललाई लोकतान्त्रिक समूहको साथ रहेको छ । 

 

घरदैलो कार्यक्रमपश्चात् दुबै उम्मेदवार र उनीहरुको प्यानलले चुनाव जित्ने दाबी गरेपनि कसको पक्षमा नेतृत्व जान्छ भनेर भन्न सकिने अवस्था छैन । 

 

‘यसपटकको निर्वाचनको नतिजा अहिले नै आंकलन गर्न गाह्रो छ’ पोखरेल समर्थक मतदाताले भने ‘प्रतिष्पर्धा कडा छ तर जो नेतृत्वमा आएपनि संघको हितमा काम हुने व्यवसायीको विश्वास छ ।’

पोखरा ।    पोखराको फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक १० वर्षीय बालकको ज्यान गएको छ ।   पोखरा महानगरपालिका–१८ खपौदीका आरेस लामाको बिहीबार बिहान तालमा पौडी खेल्ने क्रममा डुबे...

थप पढ्नुहोस्

पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ ।   मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...

थप पढ्नुहोस्

पोखरा ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।   प्रेस रजिस्ट्रारको का...

थप पढ्नुहोस्