क्लबस्तरीय भलिबलमा एपिएफ उपाधि नजिक, आइतबार फाइनल हुने
महिलातर्फ अर्चलबोट र एसियन सुज फाइनलमा
पाेखरा | भदौ २५, २०७९

पोखरा: सशत्र प्रहरी बल (४ नम्बर बाहिनी) मालेपाटनको टोली पोखरा भलिबल प्रशिक्षण केन्द्रको आयोजनामा पोखरा महानगरपालिका ३ नदीपुरमा जारी क्लबस्तरीय पुरुष भलिबलको फाइनलमा प्रवेश गरेको छ ।
छन्त्याल समाजको खेल मैदानमा आज (शनिबार) भएको सेमिफाइन खेलमा जिएम समाज कावासोतीलाई २५–२३, १९–२५, २५–२३, २३–२५ र १७–१५ को सेटमा पराजित गर्दै उपाधि नजिक पुगेको हो ।
अब एपिएफले उपाधिका लागि मामा भान्जा क्लब र गलकोट क्लबबीचको विजेता टोलीसँग आइतबार प्रतिस्पर्धा गर्ने क्लबका सचिव नवीन छन्त्यालले बताए । उनका अनुसार बाँकी रहेको मामा भान्जा क्लब र गलकोट क्लबबीचको सेमिफाइनल खेल आइतबार बिहान ८ बजे सञ्चालन हुनेछ ।
यसैगरि महिलातर्फ अर्चलबोट क्लब र एसियन सुज फाइनल प्रवेश गरेको क्लबका अध्यक्ष कुल प्रसाद छन्त्याल (कुशल) ले जानकारी दिए । उनका अनुसार अर्चलबोटले लामाचौर समाजलाई १८–२५, २५–१८, २५–१७ र २५–२१ को सोटमा पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो ।
त्यसैगरि एसियन सुजले हैदागा तनहुँलाई २५–१६, २५–१० र २५–१९ को सोझो सेटमा हराउँदै फाइनलमा अर्चलबोटसँगको भेट पक्का गर्याे ।
आइतबार बिहान ११ बजे महिला तर्फको फाइनल खेल सञ्चालन गरिने कार्यक्रम संयोजक मनोज खड्काले जानकारी दिए । उनका अनुसार पुरुष तर्फको फाइनल खेल दिउँसो १ बजे हुनेछ ।
प्रतियोगिताको विजेता टिमलाई १ लाखसहित शिल्ड, मेडल र प्रमाण पत्र प्रदान गरिनेछ भने उपविजेता टोलीले ६० हजारसहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ ।
यसैगरि महिलातर्फ प्रथम र द्धितिय हुुने समुहले क्रमशः ४० हजार, २५ हजार र शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर, मिडल ब्लकर, उदीयमान खेलाडी, डिफेन्डर, सेटर र सर्भर घोषित हुने खेलाडीलाईसमेत नगद पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
पोखरा: सहदेव अधिकारी नेपाल लाइफको उत्कृष्ट प्रदेश प्रमुखको अवार्डबाट सम्मानित भएका छन् । उनी लगातार तेस्रोपटक उत्कृष्ट प्रदेश प्रमुखको अवार्डबाट सम्मानित भएका हुन् । भने, गण्डकी प्रदेश लगातार दुईप...
पोखरा: पोखरा महानगरपालिकाका तत्कालीन न्यायिक समिति सदस्य एवं वडा नम्बर ९ का वडा सदस्यसहित दुईजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सोमबार न्यायिक समिति स...
पोखरा: नातेदारलाई बलात्कार र बालिकालाई यौन दुर्व्यवहार गरी भिडियो बनाएको आरोपमा जिल्ला प्रहरी कार्यालय कास्कीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले साउन ३० गते उनलाई बाल यौन दुर्व्यवहार सामग्...