पोखरामा जुवा खेल्ने ८ जना पक्राउ
पाेखरा | भदौ २६, २०७९
पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले जुवा खेल्ने ८ जनालाई पक्राउ गरेको छ ।
पोखरा महानगरपालिका वडा नं. १३ बस्ने सूर्य कुमारी गुरुङको घरमा जुवा खेलिरहेका अवस्थामा नगद १ लाख ७ हजार २ सय ५५ रुपिया र २ सय ११ पत्ति तास सहित ८ जना व्यक्तिलाई पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा तनहुँ देवघाट स्थायी घर भई हाल जिल्ला कास्की पोखरा महानगरपालिक वडा नं.१३ मियापाटन बस्ने घरधनी वर्ष ४४ की सुर्य कुमारी गुरुङ, जिल्ला सर्लाही घर भई हाल जिल्ला कास्की पोखरा ११ रानीपौवा बस्ने वर्ष ३८ को ललित कुमार बस्नेत, सोही स्थान बस्ने वर्ष ३५ को रूपक बस्नेत , बागलुङ जैमिनी नगरपालिका ७ घर भई हाल कास्की पोखरा ११ फुलबारी बस्ने वर्ष ४० को दिपक खड्का, जिल्ला कास्की पोखरा ७ बस्ने वर्ष ३१ को सुर्य थापा, जिल्ला धादिङ निलकण्ठ नगरपालिका ४ घर भई हाल कास्की पोखरा ११ बस्ने वर्ष ३७ को रमेश ठकुरी, जिल्ला कास्की पोखरा १३ बस्ने वर्ष ४० को आश बहादुर गुरुङ र जिल्ला लमजुङ राईनाश नगरपालिका १० घर भई हाल जिल्ला कास्की पोखरा १० बस्ने वर्ष ४४ कमला गुरुङ रहेका छन् ।
नियन्त्रणमा रहेका दोषी व्यक्तिहरुलाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर अन्तर्गत जुवा खेल्न वा सट्टा बाजी गर्न नहुने मुद्दा शीर्षकमा जिल्ला प्रशासन कार्यालय कास्कीबाट दश दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको कास्की प्रहरीले जनाएको छ ।
काठमाडौं: सरकारले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्...
काठमाडौं: आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना, २०८२’ निर्माण गरी सुरक्षा व्यवस्था चुस्त बनाउन थ...
मुस्ताङ: यहाँका वारागुङ मुक्तिक्षेत्र–३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल विद्युत् प्राधिकरणअन्तर्गत नवलपुर ग्रामीण...

