भोजपुरमा पशुको कृत्रिम गर्भाधान सेवा सुरु

भोजपुर | भदौ २७, २०७९

भोजपुरमा पशुको कृत्रिम गर्भाधान सेवा सुरु

 

भोजपुर । यहाँ पहिलोपटक पशुचौपायाको  कृत्रिम गर्भाधान (फार्टिलाइजेसन) सेवा सुरुआत गरिएको छ । नश्ल सुधार गरेर पशुलापनमा संलग्न किसानको आयआर्जनमा वृद्धि गर्ने लक्ष्यले सो सेवा सुरु गरिएको हो ।

 

यहाँका धेरै किसान पशुपालनमा लागेका भए पनि गाई र भैँसीको नश्ल राम्रो नहुँदा सोचेजस्तो आम्दानी लिन नसकिरहेको  जनाइएको छ ।  पशुको नश्ल सुधार गरेर मासु तथा दूध उत्पादन वृद्धि गर्ने उद्देश्यले पहिलोपटक निःशुल्क कृत्रिम गर्भाधान सेवाको सुरुआत गरेको भोजपुर नगरपालिकाका भेटेरेनरी शाखाका प्रमुख सन्तोष कटुवालले जानकारी दिनुभयो । 


 
पशुको वंशाणु विकास गरेर पशुपालक किसानलाई थप लाभान्वित बनाउन कृत्रिम गर्भाधान गर्न सुरु गरिएको नगरपालिकाले जनाएको छ । किसानका गोठमा पुगेर गर्नुपर्ने अवस्थामा भने सामान्य यातायात खर्च लाग्ने कृषि शाखाले जनाएको छ । जिल्लाका अन्य आठ स्थानीय तहमा पनि यसै वर्षदेखि कृत्रिम गर्भाधान  सेवा सञ्चालन गरिने भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सम्पर्क कार्यालयका प्रमुख सुन्दरलाल यादवले जानकारी दिनुभयो ।


 
तरल नाइट्रोजन एक सय ९६ डिग्री सेल्सियसको चिसोपनमा राँगा र साँढेको शुक्राणुलाई लामो समयसम्म सुरक्षित राख्ने गरिन्छ ।  गाई–भैँसीमा कृत्रिम गर्भाधान गराउँदा उत्पादन वृद्धि तथा विकास हुने जनाइएको छ । यसबाट उन्नत जातका पशु उत्पादन हुने भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सङ्खुवासभा, भोजपुरका प्रमुख हिमालयन पोखरेलले बताउनुभयो । 

म्याग्दी:  पृष्ठभूमिमा लहरै हिमाल । वरपर घना जङ्गल । शान्त र एकान्त वातावरण । पहाडको मध्यभागमा अवस्थित थुम्को । तलतिर देखिने नागबेली परेर बगेको म्याग्दी नदी र ग्रामीण बस्ती चराचुरुङ्गी र वन्यजन्तुका आवाज । ...

थप पढ्नुहोस्

काठमाडौं:   भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि आयोजना हुने आइसिसी टी–२० विश्वकपको तयारीका लागि नेपाल क्रिकेट सङ्घ ९क्यान० ले आइतबार २४ खेलाडी बन्द प्रशिक्षणमा बोलाएको छ । नेपाली टोलीको...

थप पढ्नुहोस्

पोखरा:   स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा आयोजित बृहत् स्वास्थ्य शिविरबाट ६३१ जना स्थानीय बासिन्दा लाभान्वित भएका छन्।  खुमा अर्याल फाउन्डेसन र अर्जुनचौपारी गाउँपालिकाको संयुक्त आयोजना तथा गण्डक...

थप पढ्नुहोस्