गण्डकीमा डेंगु: कास्कीमा बढी, हिमाली जिल्लामा शून्य (लक्षण र सुझावसहित)
पाेखरा | भदौ ३०, २०७९
पोखरा: गण्डकी प्रदेशका ११ जिल्लामध्ये यसहप्ता कास्कीमा सबैभन्दा बढी डेङ्गुका बिरामी भेटिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय गण्डकी प्रदेशका महाशाखा प्रमुख डा. नारायण श्रेष्ठका अनुसार गण्डकीको ११ जिल्ला भन्दा कास्कीमा बढी डेङ्गुका बिरामी भेटिएको जानकारी दिए ।
जनवरीदेखि सेम्टेम्बर (पुसदेखि भदौ)सम्म कास्कीमा ३२ जना डेङ्गुका बिरामी भेटिएका छन् । तर हिमाली जिल्ला मनाङ र मुस्ताङमा भने अहिलेसम्म डेङ्गु संक्रमित नभेटिएको महाशाखा प्रमख डा. श्रेष्ठले बताए ।
उनका अनुसार बागलुङमा २६, गोरखामा २६, पर्वतमा २१, लमजुङमा २०, नवलपुरमा ८ म्याग्दीमा ७, स्याङ्जामा ७, जनामा डेङ्गुको संक्रमण भेटिएको हो ।
महाशाखाका अनुसार गण्डकी प्रदेशमा अघिल्लो हप्ता ५६ जना र यो हप्तामा २९ जनामा डेङ्गु भेटिएको हो ।
गत वर्ष म्याग्दीमा मात्र २ हजार १ सय ५२ जनामा डेङ्गु संक्रमण भेटिएपनि यो वर्ष सचेतनामूलक र सरसफाइ अभियान सञ्चालन हुँदा म्याग्दीमा अहिले संक्रमण दर निकै कम पाइएको महाशाखा प्रमुख डा. श्रेष्ठले बताए ।
वर्षातमा पानीका मुहान सफा नहुँदा पानीजन्य रोग देखापर्ने गरेको स्वास्थ्यकर्मीले बताएका छन् । एडिज जातको पोथी लामखुट्टेको टोकाइबाट मानिसमा डेङ्गु रोग सर्छ ।
उच्च ज्वरो आउनु ,आँखा रातो हुनु, खोकी, वान्ता, पेट दुखाई र पखाला, श्वास फेर्न समस्या हुनु, धेरै टाउको दुख्नु, जोर्नी मांसपेशी दुख्नु, बिमिरा देखिनु, टोकेको ठाउँमा कालो दागजस्ता लक्षण देखिने गर्दछ ।
• डेँगुमा के हुन्छ?
-डेंगुलाई Break Bone ज्वरो पनि भनिन्छ किनकी यसले एकदम जोर्नी तथा मांशपेशी दुख्ने हुन्छ ।
• परिचय
-डेंगु ज्वरो एडिस एजिप्टाइ (Ades Aegypti) जातको पोथी लाम्खुट्टेको टोकाइबाट मानिसमा सर्ने रोग हो। यो लामखुट्टेले दिनको समयमा मात्र टोक्ने गरेको पाइन्छ। यो रोग मानिसबाट मानिसमा सिधै सर्दैन। वर्षातको महिना संगै जताततै पानी जम्न थालेपछी यो रोगको प्रकोप हुने गरेको पाइन्छ।
• मुख्य)लक्षणहरु:-
- अचानक उच्च ज्वरो आउनु,
- आँखाको वरिपरी तथा कन्चटमा धेरै दुख्नु,
- सबै शरीर दुख्नु,
- घांटी बस्नु,
- साना बिमिरा आउनु,
शरीर चिलाउनु,
- वाकवाकी लाग्नु र वान्ता आउनु,
- छटपटी हुनु,
- रिंगटा लाग्नु,
- निद्रा नलाग्नु,
- हड्डी तथा मांशपेशी निकै दुख्नु,
-आँखा तथा घांटी रातो हुनु,
- छाला, नाक, मुख आदिबाट रगत आएमा आकस्मिक अवस्था मान्नुपर्छ,
- ८० % बिरामीमा पहिलो दिनमा, ६०-८०% बिरामीमा दोस्रो दिनमा NS1, IgM test ५/७ दिनमा पोजिटिभ देखिन्छ,
-१५०,००० देखि ४५०,००० सम्म हुनुपर्ने प्लेटलेट लगातार घट्दै जान्छ ।
• ( विशेष) सतर्कता
-ज्वरोको लागि प्यारासिटामोल मात्र प्रयोग गर्नुहोला ।
- आइबुप्रोफेन, अस्पिरिन आदिको प्रयोग नगर्नुहोला । आइबुप्रोफेन, एस्पिरिन आदिले रगतलाई पातलो बनाउने हुँदा रक्तश्रावजन्य डेंगुमा प्रयोग गर्दा झन् खतरा हुन्छ ।
- बालबालिका, बृद्धबृद्धा, रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरु, दीर्घ बिरामीहरुलाई बिशेष ख्याल गर्नुपर्दछ ।
- जुनसुकै ज्वरो आएपनि यथेष्ट आराम गर्ने, झोलिलो खानेकुरा प्रशस्त खाने, सागसब्जी र फलफुल र गेडागुडीको रस, दाल आदि।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

