जनहित माविलाई प्राज्ञिक विद्यार्थी परिषदको शैक्षिक समाग्री
मुस्ताङ | भदौ ३०, २०७९
मुस्ताङ। प्राज्ञिक विद्यार्थी परिषद नेपालले मुस्ताङको जनहित माविलाई शैक्षिक समाग्री सहयोग गरेको छ ।
मुस्ताङको जोमसोममा रहेको जनहित माविलाई परिषद नेपालले आज (बिहिबार) शैक्षिक समाग्री वितरण गरेको हो ।
६० जना विद्यार्थीहरुलाई झोला, अभ्यास पुस्तिका, जेमेट्री बक्स र सजिलो अंग्रजी बोलचाल लगायतका शैक्षिक समाग्री प्रदान गरिएको विद्यार्थी परिषदका नेपाल सहसचिव रमेश कडेंलले जानकारी दिए ।
उनका अनुसार प्राज्ञिक विद्यार्थी परिषद नेपालले यसअघि पनि विभिन्न जिल्लाहरुमा शैक्षिक समाग्री वितरण गरिसकेको छ ।
परिषदले ताप्लेजुङको फुङलिङ नगरपालिकाका दुई विद्यालयमा शैक्षिक सामग्री वितरण गरिसकेको बताउदै भने, ‘शैक्षिक समाग्री वितरणले आर्थिक स्तर न्यून भएका र पढ्न खोज्ने विद्यार्थीहरुको लागि हौसलाको बढ्नेछ ।’
जनहित माविका व्यवस्थापन समितिका अध्यक्ष जयन्द्र थकाली, विद्यार्थी परिषद्का राष्ट्रिय सहसचिव रमेश कडेंल, विद्यालयका प्राचार्य रामचन्द्र अधिकारी, परिषदका मुस्ताङ् जिल्ला अध्यक्ष लक्ष्मण ढकाल, जोमसोम नगरका संयोजक रोशनी ल्वागुण एंव विद्यालयका सम्पूर्ण शिक्षक तथा विद्यार्थीहरुको उपस्तिथिमा शैक्षिक सामग्री वितरण गरिएको थियो ।



संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ। सोमबार अपराह्न १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्...
पोखरा — कास्कीको अन्नपूर्ण गाउँपालिका–३ धारापानीबाट प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा अन्नपूर्ण गाउँपालिका–३ धारापानी बस्ने २७ वर्षीय सन्देश परिया...
सरकारले साउन १ गतेदेखि लागू गरेको विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम सुरु भएको छ। पूर्वाधार विकास मन्त्रालयअन्तर्गत...

