नगर क्षेत्रबाट कवाडी संकलन केन्द्र हटाउन पोखरा महानगरको उर्दी
पाेखरा | भदौ ३१, २०७९
कास्की । कवाडी संकलन केन्द्रलाई शहरी क्षेत्रबाट बाहिर लैजान पाेखरा महानगरले ३५ दिने अल्टिमेटमसहित निर्देशन दिएको छ ।
पोखरा महानगरपालिकाका सहायक प्रमुख प्रशासकीय अधिकृत जितेन्द्र जंग केसीद्वारा हस्ताक्षरित सूचना प्रकाशन गर्दै पोखरा शहर र मुख्य आवास क्षेत्रको कम्तिमा ५ सय मिटर दुरिभन्दा बाहिर सार्न निर्देशन दिएको हो ।
पोखरा महानगरपालिकाद्वारा जारी गरिएको सुचनामा भनिएको छ, ‘हाल समुदायमा डेंगु रोगको प्रकोप फैलदै गएको अवस्थामा महानगरपालिकाले रोकथाम तथा नियन्त्रणको लागि विभिन्न अभ्यासहरु गर्दै आएको छ ।
यसै सन्दर्भमा महानगरपालिकाको मुख्य आवस क्षेत्रमा रहेका कवाडी संकलन केन्द्रहरुबाट यो रोग फैलन ठुलो मद्दत पुगिरहेकाले सो केन्द्रहरु कारकका रुपमा रहेको पाइएकाले मुख्य आवस क्षेत्रको कम्तिमा ५ सय मिटर दुरीभन्दा बाहिर स्थापना गर्न सम्बन्धित व्यवसाय संचालकहरुलाई हार्दिक अनुरोध छ ।
सुचनामा स्पष्ट पारिएको छ, 'सुचना प्रकाशन भएको मितिले ३५ दिन भित्र मुख्य आवास क्षेत्रबाट उक्त व्यवसाय नहटाइएमा दुवैपक्ष (जग्गाधनि र व्यवसायी) लाई कानून अनुसार कारवाही हुने व्यहोरासमेत जानकारी गराइन्छ ।’
म्याग्दी: पृष्ठभूमिमा लहरै हिमाल । वरपर घना जङ्गल । शान्त र एकान्त वातावरण । पहाडको मध्यभागमा अवस्थित थुम्को । तलतिर देखिने नागबेली परेर बगेको म्याग्दी नदी र ग्रामीण बस्ती चराचुरुङ्गी र वन्यजन्तुका आवाज । ...
काठमाडौं: भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि आयोजना हुने आइसिसी टी–२० विश्वकपको तयारीका लागि नेपाल क्रिकेट सङ्घ ९क्यान० ले आइतबार २४ खेलाडी बन्द प्रशिक्षणमा बोलाएको छ । नेपाली टोलीको...
पोखरा: स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा आयोजित बृहत् स्वास्थ्य शिविरबाट ६३१ जना स्थानीय बासिन्दा लाभान्वित भएका छन्। खुमा अर्याल फाउन्डेसन र अर्जुनचौपारी गाउँपालिकाको संयुक्त आयोजना तथा गण्डक...

