५५ सय बुझाएर छुटे 'अटेरी' अशोक
काठमाडाैं | बैशाख २३, २०७९

पोखराः चुनाव चिन्हको विषयमा निर्वाचन आयोग अगाडी प्रदर्शन गर्दा आचार संहिता उल्लंघन गरेको आरोपमा पक्राउ परेका अटेरी अभियानका अशोक खड्का धरौटीमा रिहा भएका छन् ।
खड्का ५ हजार ५५५ रुपैयाँ जरिवाना बुझाएर छुटेको जिल्ला प्रहरी कार्यालय कास्की प्रहरी उपरीक्षक रमेश थापाले जानकारी दिएका छन् । उनी जिल्ला अदालत कास्कीको आदेशमा छुटेका हुन् ।
सुरुमा अटेरीले चुनाव चिन्ह लौरो पाएपनि पछि आयोगले उक्त चिन्ह दिन नसकिने धारणा राखेपछि अटेरीको समूह विरोधमा उत्रिएका थिए ।
सोही क्रममा खड्काले अभिव्यक्त गरेका भनाईमाथि आयोगले आपत्ति जनाउँदै पक्राउ आदेश दिएको थियो ।
पोखरा: कास्कीको सराङकोटमा स्थापना भएको ५१ फिट अग्लो पन्चमुखि गणेशको पुजा आराधनाको लागि केवलकारबाट आउन जान नेपाली तथा भारतीय पर्यटकहरुलाई साविक भाडा दरमा ५० प्रतिशत छुट कायम गरिएको छ । बु...
तनहुँः देवघाट गाउँपालिका-५ बुद्धचोकस्थित त्रिशूली नदीमा पौडी खेल्ने क्रममा एक बालक बेपत्ता भएका छन् । उनीसँगै पौडी खेल्न गएका एक बालकको सकुशल उद्धार गरिएको छ । जिल्ला प्रहरी कार्यालयका अ...
पर्सा: वीरगञ्ज महानगरमा सोमबारसम्म हैजाबाट सङ्क्रमित हुनेको सङ्ख्या ९३ पुगेको छ । महानगरमा हैजा रोकथाम र नियन्त्रणका लागि तीनवटै सरकारले अधिकतम प्रयास जारी राखे पनि हैजा सङ्क्रमतिको सङ्ख्या घटेको छैन । ...