नेपाल उत्पीडित जातीय मुक्ति समाज कास्कीको जिल्ला अधिवेशनको तयारी पुरा
पाेखरा | असोज १, २०७९
पोखरा : नेपाल उत्पीडित जातीय मुक्ति समाज कास्कीको सातौं जिल्ला अधिवेशनको तयारी पुरा भएको छ ।
नेकपा एमालेको भातृ जनवर्गीय संगठन नेपाल उत्पीडित जातीय मुक्ति समाज कास्कीको जिल्ला अधिवेशनको सम्पूर्ण तयारी पुरा भएको आज (शनिबार) आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो ।
जिल्ला सम्मेलन तथा अधिवेसनको अवसरमा नेपाल उत्पीडित जातीय मुक्ति समाजबाट स्थानीय निर्वाचनमा निर्वाचित २५ जना जनप्रतिनिधिहरुलाई सम्मान गर्ने कार्यक्रम संयोजक किसान सेवा परियारले बताए ।
सो सम्मेलनमा कास्की जिल्लाभरका ४ सय ५६ जना प्रतिनिधिहरुको जमघट हुने संयोजक परियारले बताए ।
नेपाल उत्पीडित जातीय मुक्ति समाज कास्कीका अध्यक्ष धनबहादुर विश्वकर्माले प्रत्येक तीन/तीन वर्षमा गर्नुपर्ने जिल्ला सम्मेलन ११ वर्षपछि गर्न लागेको बताए । उनका अनुसार उक्त अधिवेशन आगामी ३ गते हुनेछ ।
उनले संविधानमा लेखिएको हक अधिकारका लागि पार्टीमै आन्तरिक द्वन्द्ध गरिरहेको बताए ।
‘नेपालको संविधानमा दलितको लागि हक अधिकार लेखिएको छ, उनले भने ‘तर व्यवहारमा लागु छैन त्यसैले हक अधिकारको प्राप्तीको लागि पार्टीमा र दैनिक व्यवहारमा दबाबमूलक कार्यक्रम गर्दै आएका छौं ।’
काठमाडौं: राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनका लागि उमेदवारको बन्द सूची पेस गर्दा बढीमा ११० र कम्तीमा ११ जनाको नाम सूचीकृत गर्नुपर्ने भएको छ । आगामी फागुन २१ गते प्रत...
पोखरा: हिमालय क्रिकेट एकेडेमी कप २०८२ यु–१६ अन्तर विद्यालय पुरुष टि–२० क्रिकेट प्रतियोगिताको उपाधि डायमण्ड सेकेण्डरी स्कुलले जितेको छ । आइतबार पोखरा रंगशालामा सम्पन्न फाइनल खेलमा डाय...
म्याग्दी: पृष्ठभूमिमा लहरै हिमाल । वरपर घना जङ्गल । शान्त र एकान्त वातावरण । पहाडको मध्यभागमा अवस्थित थुम्को । तलतिर देखिने नागबेली परेर बगेको म्याग्दी नदी र ग्रामीण बस्ती चराचुरुङ्गी र वन्यजन्तुका आवाज । ...

