प्रेमलाई गण्डकी प्रदेश उत्कृष्ट 'फोटो पत्रकारिता अवार्ड'
काठमाडाैं | असोज ७, २०७९
पोखरा: पोखरेली फोटो पत्रकार प्रेम थापाले राष्ट्रिय फोटो पत्रकारिता अवार्ड अन्तर्गत गण्डकी उत्कृष्ट फोटो पत्रकारिता अवार्ड प्राप्त गरेका छन ।
काठमाडौंमा राष्ट्रिय फोटो पत्रकार समुह नेपाल एनएफपीजे ले आफ्नो २५ औं वार्षिक उत्सवका अवसरमा आयोजना गरेको अवार्ड कार्यक्रममा उनले अवार्ड प्राप्त गरेका हुन् ।
कार्यक्रमका प्रमुख अतिथी नेपाल सरकारका अर्थ मन्त्री जनार्दन शर्मा प्रभाकरले थापालाई प्रसंशा पत्र र अवार्ड हस्तान्तरण गरे । सो विधामा उत्कृष्ट ५ मनोनयनमा खिम लामिछाने, राधीका कंडेल, किरण आचार्य, रजनी तामाङ्ग पर्न सफल भएका थिए । उनिहरुलाई उन्छिन्दै थापाले अवार्ड हात पारेका हुन् ।
उक्त फोटोपत्रकारिता विधाको निर्णायकमा संस्थाका पूर्व अध्यक्ष मिनरत्न बज्रचार्य, राजभाइ सुवाल र आजीवन सदस्य राजन काफ्ले रहेका थिए । उनिहरुको नजरमा प्रेमको फोटो परेको हो । पुरस्कृत थापा परिचय डटकममा अवद्द छन् ।
कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले आफुले पनि फोटोग्राफी सम्बन्धि तालिम लिएको स्मरण गरे । फोटो पत्रकारका सुख दुखमा सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता उनको छ । फोटो माध्यम देशको अवस्था झल्काउन सहज हुने भएकाले यहाँको सांस्कृतिक संरक्षणमा फोटो पत्रकारहरुको भुमिका महत्त्वपूर्ण रहेको भनाई उनको थियो ।
युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराज अथकले पछिल्लो समयमा फोटो पत्रकारितामा युवाहरुको आकर्षण देख्दा खुशी लागेको बताए । फोटो पत्रकारितालाई पेशा बनाई जीविकोपार्जन गर्ने पत्रकारको संरक्षणमा सरकार लागेको भनाइ उनको छ ।
समूहले विभिन्न अवार्डका विधाहरुमा आवेदन खुल्ला गरि पाँच जना नोमीनेशनवाट छनौट गरी फरक फरक विधामा एक एक जना फोटोपत्रकार विजेताहरु चयन गरेको थियो ।
विभिन्न विधा अन्र्तरगत नेपाल टेलीकम दैनिक जीवन फोटो पत्रकारिता विधा तर्फ सुनील सर्मा , खेलकुद फोटोपत्रकारीता विधामा हरिस सिंह नगाल, पञ्चकन्या ग्रुप महिला फोटोपत्रकारिता विधामा अनन्ता भण्डारी, पर्यटन तथा संस्कृति फोटोपत्रकारिता विधाका लागि हरि मर्हजन, ग्लोवल आईएमइ बैंक आर्थिक फोटोपत्रकारिता विधामा असोक दुलाल, राजनैतिक फोटोपत्रकारिता विधामा नविन बाबु गुरुङ, कृषि विकास बैंक स्वतन्त्र फोटोपत्रकारिता विधामा दिपेन्द्र मर्हजनलाई अवार्ड प्रदान गरिएको छ ।
प्रदेश स्तरीय फोटोपत्रकारिता अवार्ड विधा तर्फ गण्डकीबाट प्रेम सङ्गै प्रदेश १ उत्कृष्ट फोटोपत्रकारिता विधामा गुरु ढकाल, मधेस प्रदेश उत्कृष्ट फोटोपत्रकारिता विधामा जियालाल प्रसाद साह, बागमति प्रदेश उत्कृष्ट फोटोपत्रकारिता विधामा सन्तोष श्रेष्ठ ,लुम्बिनी प्रदेश उत्कृष्ट फोटोपत्रकारिता विधामा मनोज पौडेल, कर्णाली प्रदेश उत्कृष्ट फोटोपत्रकारिता विधामा वसन्त प्रताप सिंह, सुदुरपश्चिम प्रदेश उत्कृष्ट फोटोपत्रकारिता विधामा विनोद विष्टले अवार्ड जित्न सफल भएका थिए ।
पोखरा: एकाइसौँ संस्करणको लेखनाथ महोत्सव सफलतापूर्वक अघि बढिरहेको छ । महोत्सवको चौथो दिनसम्म आइपुग्दा दर्शकको उल्लेख्य उपस्थिति देखिन थालेको छ भने त्यसको प्रत्यक्ष प्रभाव स्टल सञ्चालकहरूको व्यापारमा परेको छ । ...
पोखरा: उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीको आयोजनामा सञ्चालन भएको १८औँ हिसान स्पोटर््स मिट अन्तर्गत चौथो दिनका खेलहरु जारी रहँदा ब्याडमिन्टन र टेबुल टेनिसका सम्पूर्ण स्पर्धाहरु सम्पन्न भएका ...
पोखरा: गोल्डेन ट्र्यांगल अन्तर्राष्ट्रिय बाइक टूर टोली पोखरा आइपुगेको छ । काठमाडौं, चितवन हुँदै पोखरा आइपुगेको टोलीलाई शनिबार पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) ले स्वागत गरेको छ । एक्सपल्स रा...

