प्राज्ञिक विद्यार्थी परिषदको रक्तदानमा ३६ युनिट संकलन

कास्की | बैशाख २४, २०७९

प्राज्ञिक विद्यार्थी परिषदको रक्तदानमा ३६ युनिट संकलन

उतर राई, पोखरा:  प्राज्ञिक विद्यार्थी परिषद नेपाल पोखरा महानगर इकाई समितिद्वारा आयोजित रक्तदान कार्यक्रममा ३६ युुनिट संकलन भएको छ । 

 

‘रक्तदान जिवनदान, जिवनदान महादान’ भन्ने नारा सहित मजदुर तथा विद्यार्थी दिवसको अवसरमा विन्ध्यवासिनी मन्दिर परिषरमा आयोजना गरेको संयोजक एवम् प्राज्ञिक विद्यार्थी परिषद् पोखरा महानगरका अध्यक्ष रविमोहन बरालले जानकारी दिए । 

 

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका प्राध्यापक हिमराज गिरीले परिषद्का उपाध्यक्ष दिपक रेग्मीलाई ब्लड ब्याग हस्तान्तरण गर्दै कार्यक्रम शुुभारम्भ गरे ।

 

सो अवसरमा बोल्दै गिरीले परिषदको  विभिन्न उल्लेखनीय कामहरुको प्रसंशा गर्दै शुभकामना व्यक्त गरे । परिषदले सामाजिक उत्तरदायित्व बहन गर्दै रक्तदान कार्यक्रममार्फत सकरात्मक सन्देश प्रवाह गरेको उनले धारणा राखेका थिए । 

 

सामाजिक व्यक्तित्व, विद्यार्थीहरु लगायत स्थानीयहरुको सहभागिता रहेको उक्त कार्यक्रममा रक्त सञ्चार सेवा केन्द्र गण्डकीको प्राविधिक सहयोग रहेको थियो । परिषदका अध्यक्ष रविमोहन बरालको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन दिप्सन गुरुङले गरेका थिए ।

सुर्खेत:  आफ्नै आमा ५० वर्षीय धनिकला बस्नेतको हत्या गरेको अभियोगमा भेरीगंगा नगरपालिका-१२ मसिनाटोल बस्ने ३० वर्षीय कबिराम बस्नेतलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । कबिरामले फरूवा प्रहार ...

थप पढ्नुहोस्

चितवन:  पहिरोका कारण अवरुद्ध नारायणगढ–सडक दुईतर्फी सञ्चालनमा आएको छ ।  इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक प्रतीक सिंहका अनुसार अविरल वर्षासँगै आज बिहान ८ः४० बजे इच्छाका...

थप पढ्नुहोस्

पोखरा:    फाइनप्रिन्ट बुक्सको आयोजना र र्याण्डम रिडर्स सोसाइटीको सह–आयोजनामा पोखरामा बुधबार ’फाइनप्रिन्ट फिभर घुम्ती साहित्य उत्सव’ भएको छ ।     उत्सवमा ३ वटा स...

थप पढ्नुहोस्